काठमाडौं,२८ भदौं : वैदेशिक रोजगारीका क्रममा साउदी अरेबियामा मृत्यु भएका चार नेपालीको शव नेपाल ल्याइएको छ । दुतावास रियादका अनुसार ल्याइएएका शवहरु बर्दिया,पाल्पा, उदयपुर र मोरङ जिल्लाका रहेका छन्। उनीहरू साउदीको अल खलिफ होल्डिङ, अव्दूलाह ओथेम, अब्दुल्लाह अल बारक, र सुल्दान फाहाद, कम्पनीमा कार्यरत थिए ।
दूतावासका अनुसार साउदीमा १ साउन २०८० देखि हालसम्म विभिन्न कारणले मृत्यु हुनेको संख्या ४३ पुगेको छ । जसअनुसार साउदीको पूर्वी क्षेत्रमा मात्र २७ जना, रियाद क्षेत्रमा १४ जना र अलकासिम क्षेत्रमा २ जना रहेका छन् ।
रिपोर्ट अनुसार स्वाभाविक मृत्यु २४ ,आत्महत्या ७,ट्राफिक दुर्घटना ३ जना, कार्यस्थल दुर्घटना ४ जना, डुबेर १ जना र कारण नखुलेको ४ जना रहेका छन् । यस अवधिमा मृत्यु भएका जम्मा ४३ जनामध्ये ३३ जनाको शव स्वदेश आइसकेको छ। ४ जनाको गत मंगलबार ल्याइएको हो भने बाँकी ६ जनाएको प्रक्रियामा रहेको छ ।
दूतावासका अनुसार साउदीबाट मृतक नेपालीको शव स्वदेश पठाउनका लागि १ महिना लाग्ने बताइएको छ । जसका लागि साउदी अरबबाट नेपाल शव फिर्ता गर्न धेरै प्रक्रिया पूरा गर्नुपर्ने भएकोले अलि बढि समय लाग्ने गरेको हो ।
नेपाली नागरिकको मृत्युको खबर प्राप्त हुनासाथ दूतावासले कम्पनीसँग आवश्यक कागजात उपलब्ध गराउन अनुरोध गरेर सो कागजात प्राप्त हुनासाथ मृतकको परिवारलाई जानकारी गराउँछ।साभार : अन्नपूर्णपोष्टबाट

