Madhes Khabar
राष्ट्रिय

काठमाडौं–तराई फास्ट ट्रयाक २०८३ सालभित्रै सम्पन्न गर्ने सरकारको घोषणा

काठमाडौं, ५ जेष्ठ : सरकारले काठमाडौं–तराई फास्ट ट्रयाकलाई चार वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने घोषणा गरेको छ। शुक्रबार संसदमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विक्रम संवत २०८३ सालभित्रै फास्ट ट्रयाकको निर्माण कार्य सकाइने जानकारी दिए।

उनले पूर्वाधार निर्माण समयमै सम्पन्न गर्न दुई सिफ्टमा काम हुने व्यवस्था मिलाइने जानकारी पनि गराए।त्यस्तै राष्ट्रिय राजमार्गहरूमा सुरुङ मार्ग, फ्लाई ओभर तथा अन्डर पाससहितको आधुनिक सडक सञ्जाल विस्तार तथा निर्माण कार्यलाई निरन्तरता दिइने सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ।

त्यस्तै रणनीतिक तथा ब्यापारिक महत्वका सडक खण्डको निर्माण तथा स्तरोन्नति गरिने र त्यस्ता सडक खण्ड पाँच वर्षभित्र सम्पन्न गर्ने सरकारको नीति रहेको राष्ट्रपति भौडेलको भनाइ छ।त्यस्तै पूर्व–पश्चिम राजमार्गलाई स्तरोन्नत्ती गर्ने कार्यलाई निरन्तरता दिइने र आगामी वर्ष हुम्ला जिल्ला सदरमुकामलाई राष्ट्रिय सडकसँग जोडिने नीति तथा कार्यक्रममा समेटिएको छ। साभार : अन्नपूर्ण पोष्ट

Related posts

मधेस प्रदेशमा सबै भन्दा बढि उम्मेदवार

MadhesKhabar

सार्वजनिक सवारी साधनको भाडा घट्यो

MadhesKhabar

मिटरब्याज पीडितहरुलाई भदौ ५ सम्म उजुरी दिन आह्वान

MadhesKhabar

Leave a Comment