Madhes Khabar
राष्ट्रिय

सिके राउतकाे पार्टीले समानुपातिकमा ल्यायाे ३ प्रतिशत मत

मधेसखबर
वीरगन्ज ,१२ मंसिर : डाक्टर सिके राउत नेतृत्वको जनमत पार्टीले पनि समानुपातिक तर्फको मतगणनामा तीन प्रतिशत मत कटाएको छ।

समानुपातिकको ९४ लाख ६२ हजार ९०८ मत गणना हुँदा जनमत पार्टीले २ लाख ८४ हजार ८६८ मत पाएको छ जुन कुल सदर मतकाे ३ प्रतिशत मत हो।

३ प्रतिशतको मत सम्पूर्ण मतगणनामा कायम नै राखे जनमत पार्टीले समानुपातिक तर्फ प्रतिनिधीसभाकाे चार सिट पाउनेछ।
प्रत्यक्षतर्फ उक्त पार्टीले एक सिट जितेको छ। अध्यक्ष राउतले सप्तरी २ बाट चुनाव जितेका हुन्।

Related posts

छोरी जन्मिएपछि नारायणी अस्पतालको बेडमै छोडेर आमा बेपत्ता

MadhesKhabar

राष्ट्रिय फाेटाे पत्रकारिता अवार्डबाट जियालाल साह पुरस्कृत

MadhesKhabar

सातामा दुई दिन बिदा दिने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित

MadhesKhabar

Leave a Comment