Madhes Khabar
राजनीति हेडलाइन

मुख्यमन्त्री राउतसंग भिड्दै लाेसपाका युवा नेता सर्राफ

मधेसखबर
वीरगन्ज,२४ भदौं : आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) पर्साले पर्साकाे निर्वाचन क्षेत्र नंबर १ को (ख) मा प्रदेशसभा सदस्यकाे प्रत्यक्ष उम्मेदवारमा ओमप्रकास सर्राफको नाम सिफरिस गरेको छ ।

जिल्ला कार्यसमितिका उपाध्यक्ष राजेश साहको अध्यक्षमा बिहीबार बसेको बैठकले प्रदेश सभा सद्स्यका लागि सर्राफको नाम सर्वसम्मतले सिफारिस गरेको हो ।

पार्टीको विधिविधान र मर्यादाको पालना गर्दै सक्रिय रुपमा समाज र पार्टीको प्रचार प्रसार र समाजमा समाजिक अभियन्ताको नामले चिरपरिचित रहेका सर्राफको नाम सिफरिस भएको उपाध्यक्ष साहले बताए ।

२०७४ काे निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नंवर १ को (ख) बाट अहिलेका मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी निर्वाचित भएका थिए ।आगामी निर्वाचनका लागि पनि राउतकाे नाम जसपाले सिफारिस गरेकाे छ ।

त्यहि क्षेत्रबाट सर्राफलाई लाेसपाले उम्मेद्वार सिफारिस गरेकाे हाे ।सर्राफले मुख्यमन्त्री राउत विभिन्न काण्डमा मुछिएर भ्रष्टाचारी भएको अरोप लगाउदै भ्रष्टाचारी मुक्तअभियान सुरु गरेको बताएका छन् ।

उनले स्थानियले आफुलाई माग गरेको आधारमा आफु उम्मेदवार सिफरिस भएको पनि बताएका छन् ।

Related posts

उपेन्द्र यादव भन्छन् : बारा–२ मा चुनाव लड्ने निर्णय मैले गरिसकेको छैन

MadhesKhabar

राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई सहयोग गर्ने प्रचण्डको वचन

MadhesKhabar

प्रधानमन्त्री प्रचण्डसंग मेयर सिंहको आग्रह : सरकारले वीरगन्जको विकासका लागि बजेट दिनु पर्यो

MadhesKhabar

Leave a Comment