Madhes Khabar
स्वास्थ्य हेडलाइन

वीरगन्जमा हैजाविरुद्धको १० लाख डोज खोप अभियान सञ्चालन गरिने

फाइल तस्बिर ।

काठमाडौं,२१असोजःसरकारले करिब डेढमहिना पहिले वीरगन्जमा फैलिएको हैजाको प्रकोप नियन्त्रणका लागि विदेशबाट १० लाख मात्रा (डोज) हैजा विरुद्धको खोप ल्याएको छ । हैजा विरुद्धको १० लाख १८ हजार १ सय मात्रा खोप ल्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकोे परिवार कल्याण महाशाखाका अन्तर्गत खोपका शाखाका प्रमुख डाक्टर अभियान गौतमले जानकारी दिए ।

अर्को हप्तादेखि हैजाविरुद्धको खोप अभियान पर्सा र बारा जिल्लाका प्रभावित स्थानीय तहमा सञ्चालन गरिने डा.गौतमले बताए ।मुखबाट सेवन गरिने (ओरल) यो खोपको एकै डोजले महामारी नियन्त्रणमा सहयोग पुग्ने डा.गौतमले बताए ।

यस्तै हैजाविरुद्धको खोप एक वर्षभन्दा माथिका सबै व्यक्तिलाई दिइनेछ । उच्च सङ्क्रमण भई अस्पतालमा उपचाररत, ज्वरो आएका वा झाडापखाला भइरहेका बिरामीहरूले भने यो खोप लिन नमिल्ने उनले बताए ।

खोप विद्यालय, कलेज, कार्यालय, घरदैलो र स्वास्थ्य संस्थाहरूमार्फत उपलब्ध गराइनेछ । यो खोप सरकारले खरिद नगरी इन्टरनेस्नल कोडिनेसन ग्रुप आईसीजी मार्फत अनुदानमा प्राप्त भएको हो ।जसमा गाभी, विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीजको महासंघ जस्ता संस्थाहरू संलग्न छन् ।

वीरगन्जसहित पर्सामा डेढ महिनापहिले फैलिएको हैजाको प्रकोप अहिले पनि छिटफुट रुपमा जारी रहे पनि यसको स्रोत अझै पत्ता लाग्न सकेको छैन । दूषित पानी तथा खानाबाट यो रोग फैलिने भए पनि पानीमा हैजाको ब्याक्टेरिया पत्ता लगाउन गाह्रो भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताउँदै आएको छ ।

यस्तै, हैजा प्रभावित क्षेत्र वीरगन्जको नारायणी अस्पतालमा दैनिक ४–५ जना झाडापखालाका बिरामी उपचारका लागि अस्पताल आउने गरेको अस्पतालका प्रमुख मेसु डा. चुमनलाल दासले बताए ।साभारःरातोपाटी

 

Related posts

उपराष्ट्रपतिको उम्मेदवार महिला मात्रै हुन पाउने व्याख्या गलत : जसपा

MadhesKhabar

पर्साका सीडीओ अर्यालको सरुवा,अब सुबेदी आउँदै

MadhesKhabar

शिक्षामा वीरगन्ज–३० का वडाध्यक्ष यादवको नजर : एसईई उत्तीर्ण किशोरीहरुलाई बाँडे कम्प्युटर

MadhesKhabar

Leave a Comment