Madhes Khabar
मधेस प्रदेश हेडलाइन

उपेन्द्र यादवले जितेको सप्तरी २ बाट सिके राउत चुनाव लड्ने

मधेसखबर
वीरगन्ज ,२० साउन : आगामी मंसिर ४ गते हुने प्रतिनिधीसभाको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउतले सप्तरी–२ बाट चुनाव लड्ने भएका छन् ।

 

जनमत पार्टीका अध्यक्ष राउतले २०७४ सालमा जसपा अध्यक्ष उपेन्द्र यादवले जितेको सप्तरी २ बाट चुनाव लड्न लागेको जनमत पार्टीका प्रवक्ता चन्दन सिंहले जानकारी दिए।सिंहका अनुसार राउतको घर पनि यही क्षेत्रमा पर्छ।

गत स्थानीय चुनावमा यो क्षेत्रका केही वडामा जनमत पार्टीले जितेको थियो। राउतको घर रहेको वडा सप्तरीको महादेवा गाउँपालिका– २ मा जनमत पार्टीले वडाध्यक्षसहित प्यानलै जितेको थियो।यस्तै सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिका र बलानबिहुल गाउँपालिकामा प्रमुख पदमा जनमत पार्टीले जितेको छ।

 

हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा जनमत पार्टीका वीरेन्द्र माझीले जसपाका उम्मेदवारलाई हराएर मेयर जितेका थिए। यस्तै बलानबिहुल गाउँपालिकामा कांग्रेसका उम्मेदवारलाई हराउँदै जनमत पार्टीका उम्मेदवार खेमचन्द्र यादव र रेणु यादव अध्यक्ष र उपाध्यक्ष चुनिएका हुन्।मधेस आन्दोलनको केन्द्र भएकाले राउतले यही क्षेत्र रोजेको प्रवक्ता सिंहले जानकारी दिए।

 

मूलधारको राजनीतिमा आएको दुई वर्षपछि जनमत पार्टीले यसअघि स्थानीय निर्वाचनमा भाग लिएको थियो। २४ फागुन २०७५ मा जनमत पार्टी र सरकारबीच शान्तिपूर्ण सम्झौता भएको थियो।ओली नेतृत्वको सरकारले उनीसँग ११ बुँदे सहमति गरेको थियो।
त्यसयता जनमत पार्टीले तराई मधेस केन्द्रित रहेर आफ्नो राजनीति अगाडि बढाउँदै आएको छ।

Related posts

पर्सामा एक महिनामा जन्मसिद्ध नागरिकका २५ सय बढि सन्तानले लिए बंशजको नागरिकता

MadhesKhabar

मधेसमा मृत्यु बढाउँदै करेन्ट : तीन महिनामै ३५ जनाको मृत्यु

MadhesKhabar

बिन्दवासिनी , छिपहरमाई र पकाहामैनपुर गाँउपालिकाका विद्यालयहरुमा पनि गर्मी विदा घाेषणा

MadhesKhabar

Leave a Comment