Madhes Khabar
शिक्षा हेडलाइन

विद्यार्थीसंग ‘कक्षा कोठामा मेयर’

वीरगन्ज,६जेष्ठ: आइतबार बिहान ७ बजे वीरगन्जजको बहुअरीमा रहेको शारदा मा.वि.मा पुग्दा मेयर राजेशमान सिंह कक्षा १० का विद्यार्थीसँगै बसेर सिक्दै सिकाउँदै गरेको भेटिए । महानगरले सुरु गरेको ‘कक्षा कोठामा मेयर’ कार्यक्रम अन्तर्गत उनी बिहानै शारदा मा.वि. पुगेका थिए ।

कक्षाकोठामा विद्यार्थीसँगै बसेर मेयर सिंहले उनीहरुलाई आफ्नो अनुभव र जीवन भोगाइका कुरा बताइ रहेका रहेका थिए । जीवनमा जस्तो सुकै परिस्थिति आए पनि हिम्मत कहिल्यै पनि हार्न हुँदैन भन्दै उनले विद्यार्थीहरुलाई उत्प्रेरणा जगाउने काम गरिरहेका थिए ।

अध्ययनलाई केन्द्रमा राखेर अन्य गतिविधिलाई पनि समान रुपमा अघि बढाउन विद्यार्थीहरुलाई उनले आग्रह गरे । मेयर सिंहले विद्यार्थीसँगै बेन्चमा बसेर उनीहरुले गरेका गृहकार्य अवलोकन गर्नुका साथै समस्याका बारेमा पनि जानकारी लिएका थिए । विद्यार्थीसँगै बेन्चमा बसेर उनीहरुका कुरा र आफ्ना अनुभव सुनाउन पाउँदा विद्यार्थीहरुमा उत्साह जागृत भएको मेयर सिंह बताउँछन्। ।

विद्यार्थीहरुमा उत्प्रेरणा बढाउन मेयर सिंहले विभिन्न विद्यालयमा पुगेर ‘कक्षा कोठामा मेयर’ कार्यक्रममार्फत एउटा कक्षा लिने गरेका हुन् । यस अघि विद्यार्थीको हौसला बढाउन उनि त्रिजुद्ध मा.वि.मा पुगेका थिए ।मेयर सिंहले कक्षा १० का विद्यार्थीको कक्षामै पुगेर उनीहरुलाई उत्प्रेरणा दिँदा विद्यार्थीमा अध्ययनका लागि झनै चाख बढेको हौसला मिलेको शारदा मा.वि.का प्रधानाध्यापक विनोद मेहता बताउँछन् ।

कक्षामा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले समेत विद्यार्थीहरुको हौसला बढाउन कक्षा लिएका थिए ।मेयर सिंहले विद्यालयको अनुगमन समेत गर्नुहुँदै त्यहाँ उपलब्ध साधन स्रोतको स्थिति तथा प्रयोगको अवस्थाको बारेमा समेत जानकारी लिएका थिए ।

Related posts

सिमराका २० मुसहर परिवारले पाए सुन्दर पक्की घर

MadhesKhabar

त्रिशुली घटना : न लास भेटियाे, न जिउँदै भएकाे आस

MadhesKhabar

पर्सामा सिके राउतकाे जनमत पार्टीलाई ठूलाे धक्का,१०० बढी नेताहरु जनअधिकार पार्टीमा प्रवेश

MadhesKhabar

Leave a Comment