वीरगन्ज,३२साउनःवीरगन्जमा सञ्चालित एपेक्स म्यानेजमेन्ट कलेजले बि.बि.ए.(ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन) को पठनपाठन सुरु गरेको छ ।झण्डै एक दशकदेखि सञ्चालित वीरगन्ज कलेजले भातृ संस्थाको रुपमा स्थापना गरेको एपेक्स म्यानेजमेन्ट कलेजले बि.बि.ए. को पठनपाठन सुरु गरेको हो ।
सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त कलेजले यही शैक्षिक सत्रदेखि बि.बि.ए. कार्यक्रम सुरु गरेको शुक्रबारा आयोजित पत्रकार सम्मेलनमा कलेजका सञ्चालक समिति अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीले जानकारी गराए । उनले सीपसहितको गुणस्तरीय शिक्षा दिएर दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले बि.बि.ए. कार्यक्रम सुरु गरिएको बताए ।
पत्रकार सम्मेलनममा अध्यक्ष चौधरीले बि.बि.ए. कार्यक्रम अर्थात ८ सेमेस्टरका लागि कलेजले कूल ४ लाख ५० हजार हजार रुपैयाँ शूल्क निर्धारण गरेको जानकारी गगराए । उनका अनुसार,प्रथम सेमेस्टरमा विद्यार्थीलाई निःशूल्क ल्याप्टप दिनुका साथै विभिन्न किसिमका सीपमुलक तालिम, सेमिनार एंव शैक्षिक भ्रमणको व्यवस्था कलेजले गर्नेछ ।
सुदूरपश्चिम विश्वविद्यालयले एपेक्स म्यानेजमेन्ट कलेजलाई ६६ सिटको लागि सम्बन्धन दिएको जानकारी गराउँदै अध्यक्ष चौधरीले आगामी भदौ ३१ गते प्रवेश परीक्षा लिने तयारी गरिएको बताए ।
होटटल भिस्वामा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुबोध कुमार गुप्ता, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार पटटवारी, बरिष्ठ उपाध्यक्ष हरि गौतम, नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहान,जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सर्राफ, प्याब्सन वीरगन्का अध्यक्ष आलोक चौरसिया लगायतकोपनि उपस्थिती रहेको थियो ।

