Madhes Khabar
शिक्षा

एसईईको नतिजा एक हप्ताभित्र सार्वजनिक गर्ने तयारी

वीरगन्ज,१२असारःयसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक हप्ताभित्र सार्वजनिक गर्ने तयारी भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक डा.गणेशप्रसाद भट्टराईले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीका साथ तीब्र गतिमा काम भइरहेको बताए ।

उनका अनुसार अहिले उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणको काम सकेर प्राप्तांक इन्ट्री गर्ने काम भइरहेको छ ।यसअघि असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्नेगरी कार्यतालिका बनेपनि गत चैत २० गतेदेखि वैशाख १७ गतेसम्म शिक्षकहरुले काठमाण्डौमा सडक आन्दोलन गरेका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको हो ।

गत चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईईमा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।

 

Related posts

बखरीको विद्यालयमा विधार्थीहरुलाइ पाठ्यपुस्तक वितरण

MadhesKhabar

वीरगन्जसहित पर्सा जिल्लाभरका विद्यालयहरु तत्काल खाेल्न प्याब्सनकाे आह्वान

MadhesKhabar

अवैध रूपमा सञ्चालित ग्यालेक्सी स्कुलमा वीरगन्ज महानगरको सिल

MadhesKhabar

Leave a Comment