Madhes Khabar
शिक्षा हेडलाइन

ठाकुरराम क्याम्पसमा विद्यार्थी नेताहरुले गरे तालाबन्दी

वीरगन्ज,३० साउन : जनता समाजवादी पार्टी( जसपा) निकट समाजवादी विद्यार्थी युनियनले वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको विभिन्न शाखामा तालाबन्न्दी गरेको छ ।समाजवादी विद्यार्थी युनियनले क्याम्पसको क्याम्पस प्रमुखको कार्यकक्ष , लेखा , प्रशासन र स्टोर शाखामा मंगलबार तालाबन्दी गरेको हो ।

आफुहरुले राखेको ७ बुँदे मागका बारेमा छलफल गर्न बोलाएर क्याम्वस प्रशासनले क्याम्पसका कर्मचारी लगाएर हातपात र अभद्र व्यवहार गरेकाले त्यसमा संलग्न कर्मचारीहरुलाई कारबाहीको माग गर्दै तालाबन्दी गरिएको समाजवादी विद्यार्थी युनियन क्याम्पस इकाई समितिका अध्यक्ष हरिन्द्र साहले बताए । विद्यार्थी नेताहरुमाथि हातपात र अभद्र व्यवहार गर्ने कर्मचारीहरुलाई कारबाही नगरिएसम्म तालाबन्दी जारी नै रहनेपनि उनले बताए ।

अध्यक्ष साहका अनुसार , ठाकुरराम क्याम्पसको परिक्षा केन्द्र ठाकुरराम क्याम्पसमै तोकिएको , सडक दुर्घटनामा परि मृत्यु भएका विद्यार्थीका परिवारलाई क्षतिपुर्ति उपलब्ध गराउन, पुस्तकालयबाट पुस्तकको वितरण सहज बनाउन, छात्रवृति वितरण पारदर्शी बनाउन , राजनीतिक दलमा लागेका क्याम्पसका कर्मचारीलाई कारबाही गर्न लगायतका ७ बुदे मागसहितको ज्ञापनपत्र युनियनले क्याम्पस प्रशासनलाई बुझाएको थियो ।

त्यहि मागका बारेमा छलफल गर्न मंगलबार क्याम्पस प्रशासनले बोलाएकोे वार्तामा क्याम्पसको प्रशासन र स्टोर शाखाका कर्मचारीले युनियनका विद्यार्थीी नेताहरुमाथि हातपात र अभद्र व्यवहार गरेको अध्यक्ष साहले बताए ।

Related posts

वडाध्यक्ष कानुको अग्रसरतामा बौधीमाई मन्दिरको पुननिर्माण र सौन्दर्यकरण सुरु

MadhesKhabar

आयात खुला भएसँगै चीनबाट दसैँमा भित्रियो एक करोडको तास

MadhesKhabar

पर्सामा दुखद घटना: ऋषिपञ्चमी नुहाउन आमासंगै गएका दुई बालककाे नदीमा डुबेर मृत्यु

MadhesKhabar

Leave a Comment