Madhes Khabar
राजनीति हेडलाइन

प्रदीप यादवकाे लाेकप्रियता बढ्दै : जनमत पार्टीका वडाध्यक्ष उम्मेदवार ठाकुर जसपा प्रवेश

मधेसखबर
वीरगन्ज, ०८ कार्तिक : वीरगन्ज महानगरपालिका वडा नम्बर ११ मा जनमत पार्टीबाट गत स्थानीय तहमा वडा अध्यक्षका प्रत्यासी जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा जनमत पार्टीबाट स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिका वडा नम्बर ११ मा वडा अध्यक्षका उम्मेदवार बनेका पवन कुमार ठाकुर जसपा प्रवेश गरेका हुन् ।

ठाकुरलाई जसपाका राजनीति समिति सदस्य प्रदीप यादवले पार्टीमा भित्र्याएका छन् ।

पूर्वमन्त्रीसमेत रहेका यादवले ठाकुरलाई मंगलबार वीरगन्जमा एक अनौपचारिक कार्यक्रम बीच फूलमाला र टिका लगाएर ठाकुरलाई पार्टीमा भित्र्याएका हुन् ।

पार्टी प्रवेश गर्दै ठाकुरले जसपाले मात्र देशमा विकास र समृद्धि ल्याउन सक्ने भएकोले आफूले जनमत पार्टी त्यागेर जसपा रोजेको बताए ।

Related posts

जनकपुरका काँग्रेस नगरसभापति साहले गरे विद्रोह – मेयरमा स्वतन्त्रबाट लड्ने घोषणा

MadhesKhabar

पोखरियाको धर्मशालामा कमसल सामग्री प्रयोग गरिएपछि स्थानीयबासीले रोके काम

MadhesKhabar

ठोरीमा पनि मनाइयो राम–सीता विवाह महोत्सव

MadhesKhabar

Leave a Comment