Madhes Khabar
शिक्षा

माग पूरा नभएसम्म शिक्षकहरूले एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने

काठमाडौं,२बैशाखः विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै आन्दोलनरत शिक्षकहरूले काठमाडौंको नयाँ बानेश्वरमा मंगलबारपनि धर्ना दिएका छन् । माइतिघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर शिक्षकहरुले सडकमा धर्ना दिएका हुन् । नयाँ बानेश्वरको निषेधित क्षेत्रबाट अघि बढ्न प्रहरीले रोकेपछि उनीहरू सडकमा नै धर्ना दिएर बसेका हुन् ।

आफूहरूसँग भएका सहमतिका आधारमा यथाशिघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै नेपाल शिक्षक महासंघले महासंघले लगातार काठमाडौं केन्द्रीत आन्दोलन गर्दै आएका छन् । शिक्षकहरूको आन्दोलनका कारण नयाँ शैक्षिक सत्र प्रभावित भएको छ । महासंघले संसद्को वर्षे अधिवेशन तत्काल बोलाएर, विशेष अधिवेशन आह्वान गरेर वा अध्यादेशबाट शिक्षा ऐन जारी गर्नुपर्ने अडान राखेको छ ।

त्यस्तै महासंघले विद्यार्थी भर्ना अभियानमा सहभागी नहुने,कक्षा १२ को परीक्षा कार्यक्रममा सहभागी नहुने, एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने निर्णय समेत गरेको छ । आफ्ना माग पूरा नभएसम्म शैक्षिक हडताल जारी राख्ने महासंघको अडान छ ।

Related posts

कक्षा १२ को नतिजा भोलि सार्वजनिक हुने

MadhesKhabar

सरकारले जारी गरेको अध्यादेश खारेज नगरिए आन्दोलनमा उत्रिने पर्साका शिक्षकहरुको चेतावनी

MadhesKhabar

पटेर्वा सुगौली गाँउपालिकाले निजी श्रोतका २९ शिक्षकलाई जागीरबाट हटायो

MadhesKhabar

Leave a Comment