Madhes Khabar
शिक्षा हेडलाइन

पर्सामा शिक्षा पत्रकार समुह गठन,अध्यक्षमा यादव

वीरगन्ज,१३मंसिर:पर्सामा शिक्षक पत्रकार समूह गठन गरिएको छ। प्रमाेद यादवकाे अध्यक्षतामा शिक्षा पत्रकार समूह गठन गरिएको हाे।

 

शनिबार वीरगन्जस्थित नेपाल पत्रकार महासंघ पर्साकाे सभाकक्षमा आयाेजित कार्यक्रममा पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले शिक्षा पत्रकार समूहको घाेषणा गरे।शिक्षा पत्रकार समूह पर्साकाे उपाध्यक्षमा राजेन्द्र सिंह नेपाली,सचिवमा माधुरी महताे,सहसचिवमा बलिराम यादव र काेषाध्यक्षमा राजकुमारी यादव रहेकी छन्।यस्तै सदस्यहरुमा आंशु सर्राफ,विनाेद यादव,अनिता कुवँर,एन्जल चाैधरी लगायतका रहेका छन्।

यस्तै सल्लाहकार समितिमा शंकर आचार्य,तुलसी भण्डारी,भूषण यादव,क्रान्ति शाह,विजय महताे रहेका छन् ।

कार्यक्रममा नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवले देशमा लाेकतन्त्र आएपछि यता सामुदायिक विद्यालयकाे भाैतिक अवस्थामा धेरै सकरात्मक सुधार आएको तर विषयगत शिक्षककाे अभावका कारण शैक्षिक गुणस्तरमा अपेक्षित सुधार आउन नसकेकाे बताए।

केही समय यता सामुदायिक विद्यालयमा पत्रकारकाे नाममा युट्युबर आतंक चलेकाे गुनासाे उनकाे थियाे।राजनीतिक दलका नेता र व्यवस्थापन समितिका अध्यक्षले आफ्ना आसेपासेलाई इसिडी शिक्षकमा नियुक्त गरेकाेले उनिहरुबाट अपेक्षित नतिजा आउन नसकेकाे उनले बताए ।उनले भने,` राम्रो भन्दा हाम्रालाइ भर्ति गरेका छन्।अब भन्नुस् उनिहरुले ८ कक्षामात्रै पास गरेका हुन्छन् ।उनिहरुकाे याेग्यतामा प्रश्न उठाएर सम्ग्र शिक्षकहरुलाई बदनाम गर्ने काम भइरहेको छ।विद्यालयमा सुधार हुनुपर्छ, तर पत्रकारिताकाे नाममा आतंकित बनाउने काम,शिक्षकलाई टर्चर गर्ने काम ठिक छैन।गल्ती कमजाेरी छ भने सच्याउनु पर्छ।´

 

राज्यबाट आँफै पिडित शिक्षकलाई युट्युबरकाे आतंक गरेर झन् पिडित बनाउने काम भइरहेको उनले बताए।उनले भने,`शिक्षकहरु त्रासमा छन्।त्रसित मानसिकतामा रहेका शिक्षकले कस्ताे पढाउछ ? सामुदायिक विद्यालयकाे नतिजा कस्ताे आउँछ ? साेचनीय प्रश्न हाे याे।´

सामुदायिक विद्यालयका शिक्षकहरुलाई पालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतकाे त्रासबाट मुक्त बनाउनु पर्नेमा उनले जाेड दिए।

उपप्राध्यापक डाक्टर सुष्मा तिवारीले २०४६ सालपछि यता शिक्षामा हरेक वर्ग र समुदायकाे पहुच बढ्दै गएको तर शिक्षामा राज्यकाे लगानी भने घट्दै गएको बताइन् ।शिक्षाकाे महत्व बढ्दै गएको अवस्थामा राज्यकाे लगानी घट्नु चिन्ताकाे विषय भएको उनकाे टिप्पणी थियाे।

 

उनले ७ वटै प्रदेशमा मधेसकाे साक्षरता दर सबैभन्दा कम अर्थात ६९ प्रतिशत मात्रै रहेकाे जानकारी दिइने।

वीरगन्ज महानगरपालिकामा रहेका ९० सामुदायिक विद्यालयमा अनेकन समस्या रहेका कारण गुणस्तरमा अपेक्षित सुधार आउन नसकेको उनले बताइन्।महानगरका सामुदायिक विद्यालयहरुमा प्रमुख समस्या शिक्षककाे कमी रहेकाे बताइन्।विद्यार्थी संख्या अनुपातमा शिक्षक कार्यरत नरहेकाे उनले बताइन्।

यस्तै सामुदायिक विद्यालयहरुमा शाैचालयकाे अभावपनि रहेकाे भन्दै उनले भनिन्,`धेरै विद्यालयमा शाैचालय छन् तर शाैचालयकाे अवस्था बिभत्स छ।कतिपय शाैचालयमा पानीको व्यवस्था नै छैन।

 

महानगरका सामुदायिक विद्यालयहरुमा भाैतिक पुर्वाधारकाे कमी रहेकाे र अपंगतामैत्री वातावरण पनि नभएको उनले बताइन्।

विद्यालयमा विद्यार्थीका लागि दाताले दिएका प्रयाप्त कम्प्युटर रहेपनि दक्ष शिक्षक नहुदाँ ती कम्प्युटरहररु प्रयाेगविहिन अवस्थामा राखिएको उनले बताइन्।

 

शिक्षा पत्रकार समूह पर्साका अध्यक्ष प्रमाेद यादवकाे अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख माेती प्रसाद भट्टराईकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल शिक्षक महासंघ वीरगन्ज महानगरका अध्यक्ष प्रदीप जयसवाल लगायतकाकाेपनि सहभागिता थियाे।

Related posts

राममन्दिर उद्घाटनका दिन माघ ८ गते वीरगन्जमा माछा-मासु र मदिरा पसल बन्द गर्न महानगरकाे निर्देशन

MadhesKhabar

कृषि उद्यमी र किसानलाई प्रोत्साहित गर्न राष्ट्र बैंकका गर्भनर अधिकारीको निर्देशन

MadhesKhabar

मधेसी सहिद पत्नि विनिताकाे पिडा : हाेटलमा जुठाे भाँडा माझेर बच्चाहरुलाई पालिरहेकाे छु

MadhesKhabar

Leave a Comment