Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

कृषि उद्यमी र किसानलाई प्रोत्साहित गर्न राष्ट्र बैंकका गर्भनर अधिकारीको निर्देशन

वीरगन्ज, २९ जेष्ठ : नेपाल राष्ट्र बैंकका गर्भनर महा प्रसाद अधिकारी कृषि उद्यमी र व्यवसायीक किसानलाई प्रोत्साहित गर्न बैंकर्सहरुलाई निर्देशन दिएका छन् ।

सोमबार वीरगन्जमा नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘ समसामयिक आर्थिक तथा बैंकिङ गतिविधी’ विषयक अन्तरकृया कार्यक्रममा सहभागी कृषि उद्यमी र किसान अगुवाहरुले बैंकहरुले कृषिजन्य उद्योग र व्यवसायिक कृषि कार्यकालागि ऋण लगानी गर्न आनाकानी गर्ने गरेको गुनासो गरेका थिए ।

उनिहरुको गुनासो सुनेपछि कार्यक्रममा सहभागी बैंकर्सहरुलाई निर्देशन दिदै गर्भनर अधिकारीले यस्तो निर्देशन दिएका हुन् ।गर्भनर अधिकारीले कृषि उद्यमी र व्यवसायिक कृषि गरिरहेका किसानलाई प्रोत्साहित गर्ने नीति राष्ट्र बैंकका साथै सरकारको पनि रहेको बताए ।

अधिकारीले भने,‘कृषि कर्म गर्नेहरुप्रति अहिले समाजको सोचपनि फेरिएको छ , आज कुनै किसान वा कृषि उद्यमी कँहिपनि जाँदा सम्मानको दृष्टिले व्यवहार गरिन्छ ।कृषि कर्मका लागि बैंकबाट ऋण लिन त्यति धेरै समस्यापनि छैन ।तर बैंकबाट कृषि कर्मका लागि ऋण लिन केहि अप्ठ्यराहरु अझैपनि रहेको गुनासो आइरहेकाले त्यसप्रति ध्यान दिन उनले बैंकर्सहरुलाइ निर्देशन दिए ।

यद्यपि कृषि सहुलियतको ऋण दुरुपयोग हुन नदिनका लागि नेपाल राष्ट्र बैंकले केहि कडाइसहितको नीति नियम बनाएको उनले स्पष्ट पारे ।उनले भने,‘ हाम्रो उदेश्य भनेकै उद्यमशीलतालाई प्रोेत्साहित गर्ने हो , त्यसमापनि कृषि उद्यम मुख्य प्राथमिकतामा पर्छ ।
तर कृृषि कर्मकालागि लिएको सहुलियतको ऋण अन्य प्रायोजनमा लगानी गरिएको पाइए त्यो राष्ट्र बैंकलाई सह्य नहुने चेतावनी पनि उनले दिए । सहुलियतको कृषि ऋणको दुरुपयोग नहोस् भन्नका लागि राष्ट्र बैंकले केहि कडा नीति बनाएको उनले प्रष्ट पारे ।

अधिकारीले पनि बैंकहरुको सेवा अहिलेपनि सोचेअनुसारको सहज र सरल हुन नसकेको स्वीकारे । उनले भने,‘ व्यापक सुधारको आवश्यकता छ , त्यसमापनि मधेस प्रदेशमा बढी समस्या छ ,हाम्रो उदेश्य भनेको बैंकसम्म ग्राहकको पहुचँ सरल र सिधा हुनुपर्छ , बिचौलीया मार्फत हुनुहुदैन , यसबारे बैंकर्सहरुले पनि ध्यान दिनुपर्छ ।

गर्भनर अधिकारीले विश्व अर्थतन्त्र अहिले केहि संकटमा परेको भएपनि हतोत्साहि र निराश नबन्न उद्योगी व्यपारीलाई आग्रहपनि गरे ।विश्वकै अर्थतन्त्र अहिले अप्ठ्यारो स्थितीबाट गुज्रिरहेकोभए पनि नेपालको अर्थतन्त्र बाहिर बजारमा हल्ला गरिएजस्तो खराब अवस्थामा भने पुगिनसकेको अधिकारीले बताए ।

कोभिड महामारीका कारण नेपालसहित विश्वकै अर्थतन्त्र समस्यामा परेकोमा केहि समययता नेपालको अर्थतन्त्र तङग्रीने क्रममै रहेका बेला रुस–युक्रेन युद्धका कारण फेरि थोरै समस्यामा परेको उनले सुनाए । तर सरकार र राष्ट्र बैंकको अथक प्रयासका कारण नेपालको अर्थतन्त्र फेरि लयमा फर्किने क्रममै रहेको अधिकारीले बताए ।चालु आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकले कसिलो मौद्रीक नीति बनाएकै कारण देशको समग्र अर्थतन्त्रलाई स्थायित्व दिने काम गरेको जिकिर उनले गरे ।

गर्भनर अधिकारीले आगामी आर्थिक वर्षकालागि नेपाल राष्ट्र बैंकले साउन पहिलो साता मौद्रीक नीति ल्याउने तयारी गरिरहेको जानकारी गराए । त्यसैलाई मध्यनजर गरि नीजी क्षेत्रसहितको रायसुझाव लिन वीरगन्जमा अन्तरकृया गरिएकोपनि उनले प्रष्ट पारे । गर्भनर अधिकारीले भने ,‘ आगामी आर्थिक वर्षका लागि मौद्रीक नीति बनाउदाँ आर्थिक वृद्धिदर ६.५ प्रतिशतको परिधिभित्र रहने गरि बनाउने योजनामा छौं ।’ उनले समग्र अर्थतन्त्रका लागि बनाइने मौद्रीक नीतिमा सबै क्षेत्र समेटिने गरेको बताए ।

कार्यक्रममा वीरगन्ज क्षेत्रमा कृषिजन्य उद्योग र फार्म सन्चालन गरेका तथा व्यवसायिक कृषि कर्म गर्दै आएका किसानहरुले बैंकहरुले कृषि क्षेत्रमा लगानी गर्न आनाकानी गर्दै आएको भन्दै गर्भनर अधिकारीको ध्यानाकर्षण गराएका थिए । उनीहरुले बैंकहरुले कृषिमा ऋण लगानी गर्नै नचाहने , ऋण दिएपनि आवश्यकता भन्दा निक्कै थोरै दिने गरेको लगायतका गुनासा गरेका थिए । ऋण लगानीका लागि बैंकहरुको प्रकृयापनि झन्झटीलो रहेको उनिहरुको दुखेसो थियो । साथै उनिहरुले कृषिजन्य उद्योग र कृषि कर्मका लागि बैंकहरुले लगानी गर्ने ऋणमा थप सहुलियत उपलब्ध गराउनुपर्ने मागपनि गरे ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक मुक्तिनाथ सापकोटा, उपनिर्देशक रचना शर्मा पराजुली , बैंकका वीरगन्ज निर्देशक अजित रेग्मी , नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय कार्यकारीणी सदस्य डाक्टर सुबोध गुप्ता ,वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल , वरिष्ठ उपाध्यक्ष हरि गौतम , महासचिव आशीष लाठ , अर्थविद् डाक्टर दिपेन्द्र चौधरी , युवा उद्यमी अनुप कौर , कृषि उद्यमी तारा प्रसाद कलवार , माछापालक किसान सहिम अन्सारी , ह्याचरी व्यवसायी शीवजी प्रसाद कलवार लगायतको पनि सहभागीता थियो ।

 

Related posts

ठाकुरराम क्याम्पसमा बल्ल सुचारू भयाे मतगणना

MadhesKhabar

वीरगन्जको मेनरोड विस्तार सम्बन्धि मुद्दाको पेसी फेरि सर्‍यो,अब कहिले ?….

MadhesKhabar

लाेसपाका केन्द्रीय उपाध्यक्ष एंव वीरगन्जका उपमेयर झासहित ५ सय बढी जसपामा प्रवेश

MadhesKhabar

Leave a Comment