Madhes Khabar
अर्थतन्‍त्र

सुनकाे मुल्यमा नयाँ रेकर्ड कायम, ताेलाकाे १ लाख १६ हजार

काठमाडौं,१०कार्तिक :नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । दशैं लगत्तैको कारोबारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज शुक्रबार छापावाल सुनको मुल्य प्रतितोला १ लाख १६ हजार रूपैयाँ कायम भएको छ ।

दशैं अघिको अन्तिम कारोबार ( कार्तिक ३ गते )का दिन छापावाल सुनको प्रतितोला मूल्य १ लाख १५ हजार ५०० रुपैयाँ थियो । दशैंपछि सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले महँगिएर नयाँ रेकर्ड बनाएको हो ।

आज शुक्रबार तेजावी सुनको प्रतितोला मूल्य १ लाख १५ हजार ४५० रूपैयाँ तोकिएको छ ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । दशैअघिको अन्तिम कारोबार (३ कात्तिक)का दिन चाँदीको प्रतितोला मूल्य १ हजार ४ सय रूपैयाँ थियो । आज पनि सोही मूल्यमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related posts

केन्द्र सरकारबाट पर्सा जिल्लालाइ पाँच अर्ब बजेट

MadhesKhabar

वीरगन्जको सुनचाँदी पसलमा प्रहरीको छापा, व्यपारीको विरोध

MadhesKhabar

देशमा विद्यमान आर्थिक संकट समाधान गर्छु : नवनियुक्त उद्योग मन्त्री रिजाल

MadhesKhabar

Leave a Comment