Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

वीरगन्ज महानगरकाे पुँजीगत खर्चमा सुधार

वीरगन्ज,११जेष्ठ : वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा चालु र पुँजीगत खर्च गरी एक अर्ब ७४ करोड रुपैयाँ खर्च गरेको छ । गत आर्थक वर्षको तुलनामा चालु आर्थिक वर्षकाे पुँजीगत खर्चमा सामान्य सुधार भएको छ ।

महानगरले चालु आर्थक वर्षको १० महिनाको अवधिमा चालु र पुँजीगत गरेर कुल विनियोजित बजेटको ५२.७ प्रतिशत खर्च भएको जनाएको छ ।
महानगरको गत पुसमा भएको नगरसभाले गत असारमा विनियोजित बजेटमा २५ करोड थपेर तीन अर्ब ४६ करोड पुर्याएको थियो । गत असारमा महानगरले चालु आर्थक वर्षको लागि तीन अर्ब २१ करोडको बजेट सार्वजनिक गरेको थियो ।

महानगरले चालु आर्थक वर्षको १० महिनाको अवधिमा चालु खर्चतर्फ दुई अर्ब ३८ करोड ५५ लाख बजेट विनियोजन गरेकामा यो अवधिमा चालु खर्चतर्फ एक अर्ब ३४ करोड खर्च गरेको छ । महानगरले चालु आर्थिक वर्षमा पुँजीगत खर्चतर्फ भने र ८८ करोड ३९ लाख बजेट विनियोजन गरेकामा ३९ करोड २२ लाख खर्च गरेको जनाएको छ ।

“महानगरको गत पुसमा भएको नगरसभाले २५ करोड बजेट थप गर्ने निर्णय गर्यौं तर यो आर्थिक वर्षमा अपेक्षाकृत रुपमा राजस्व संकलन हुन सकेन,’’ वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले भने ,‘‘संघीय तथा प्रदेश सरकारबाट आउने समानीकरण बजेट पनि २५ प्रतिशत रोक्का हुँदा विकास निर्माणका काम प्रभावित भएका छन् । यद्यपि पुँजीगत खर्चमा सामान्य सुधार भएको छ । ’’

यसैबीच, वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा ३९ करोड ८० लाख ३४ हजार एक सय १९ रकम राजस्व सङ्कलन गरेको छ । रासस

Related posts

वीरगन्जमा ५२ विधार्थीले पाए राउण्ड टेबल नेपालको छात्रवृत्ति 

MadhesKhabar

शुल्क नतिरेका विद्यार्थीलाई परिक्षाबाट वञ्चित नगर्न निजी विद्यालयलाई वीरगन्ज महानगरकाे निर्देशन

MadhesKhabar

मन्त्री सिंहासन कलवारकी पत्नीले ठेक्का लिएका ६ वटा सडककाे काम अलपत्र

MadhesKhabar

Leave a Comment