Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो : वीरगन्जमा अब पेट्रोल र डिजेलकाे मूल्य कति ?

काठमाडाैं,११चैत: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल,डिजेल र मट्टीतेलमा समान १५ रुपैयाँ बढाइएको जानकारी दिएकाे हो ।

विगत एक महिनादेखि पश्चिम एसियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहेको जारी विज्ञप्तिमा उल्लेख रिएकाे छ ।

युद्धका कारण १५ दिन (१६ देखि ३१ मार्च सम्म) मा रु. ५ अर्ब घाटा हुने देखिएकाे निगमले जनाएकाे छ । पछिल्लो समयको मूल्य वृद्धिको प्रक्षेपणलाई आधार मान्दा आगामी १५ दिनमा थप १५ अर्ब घाटा हुने देखिएको छ ।

पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र विरगन्जमा पेट्राेल १८४ रुपैयाँ ५० पैसा कायम हुनेछ।

दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङमा १८६ तथा तेस्रो वर्ग काठमाडाैँ, पोखरा र दिपायलमा १८७ रुपैयाँ कायम हुनेछ ।

अन्तर्राष्ट्रिय बजारमा भएको आकस्मिक मूल्य वृद्धिका कारण उत्पन्न भएको विषम परिस्थितिमा निगम सबै उपभोक्ता तथा सरोकारवालाहरूसँग सहयोगको आह्वान गर्दै पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन अनुरोध समेत गरेकाे छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य कम हुनासाथ तत्काल मूल्य घटाइने समेत विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

यसअघि पनि पेट्राेलियम पदार्थकाे मूल्य बढाइएकाे थियाे ।

Related posts

कांग्रेसको क्षेत्र र जिल्लाले अन्याय गरेका युवा नेता यादवको नाम प्रदेशले गर्‍यो सिफारिस

MadhesKhabar

रौतहटकोे सबगढवामा दुई फरक धर्मका समुदायबीच झडप,स्थिती नियन्त्रणमा लिन सेना परिचालन

MadhesKhabar

लेखक दिवसमा विनयराज गौतमको कथासङ्ग्रह ‘च्यातिएका पानाहरू’ सार्वजनिक

MadhesKhabar

Leave a Comment