काठमाडौं,२८भदौंःनेपाली बजारमा सुनको भाउ आज (शुक्रबार) एकैदिन तोलामा ३ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा १ लाख ५६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो(बिहीबार) सुनको भाउ तोलाको १ लाख ५३ हजार ३०० रुपैयाँ रहेको थियो । यसअघि अस्ति बुधबार सुनको भाउले तोलाको १ लाख ५३ हजार ४०० रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि एकैदिन तोलामा ६५ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलामा १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको १ हजार ७९५ रुपैयाँ थियो ।

