Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

वीरगन्ज नाकाबाट धान र चामलकाे आयात घट्याे

सांकेतिक फोटो

वीरगन्ज,२७असाेज:वीरगन्ज नाकाबाट चालु आर्थिक वर्षको दुई महिनामा धान र चामलको आयात घटेको छ। चालु आर्थिक वर्ष २०८१/८२को साउन र भदौ गरि दुई महिनाम ९६ करोड ३२ लाख ५६ हजार रुपैयाँको दुई करोड ६३ लाख ३४ हजार सात सय ९० किलो धान आयात भएको छ।

गत आर्थि वर्ष २०८०/८१ को साउन र भदाैमा गरि दुई महिनाकाे अवधिमा एक अर्ब ३१ करोड २९ लाख १० हजार रुपैयाँको तीन करोड ७९ लाख ५१ हजार ५६६ किलो धान आयात भएको थियो। गत आर्थक वर्षको तुलनामा चालु आर्थक वर्षको पहिलाे दुई महिनामा धानको आयात ३० दशमलव ६१ प्रतिशतले घटेको हो। वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षकाे पहिलाे दुई महिनामा धान र चामलको आयातमा केही कमी आएको बताए।

चालु आर्थिक वर्षको साउन र भदाैंमा चामल र कनिकाकाे आयातमा पनि कमी आएको छ।गत साउन र भदौमा २२ करोड १७ लाख २८ हजार रुपैयाँको १६ लाख ८८ हजार ९०० किलो चामल र कनिका आयात भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा २६ करोड पाँच लाख २७ हजार रुपैयाँको २२ लाख तीन हजार ९०० किलो चामल र कनिका आयात भएको थियो। गत आवको तुलनामा चालु आवको सोही अवधिमा २३ दशमलव ३७ प्रतिशतले चामल र कनिकाको आयात घटेको हो।

चालु आवमा दुई महिनामा मकैको आयात पनि घटेको छ। गत साउन र भदौमा ६१ करोड २४ लाख ७८ हजारको एक करोड ५० लाख ३८ हजार किलो मकै आयात भएको छ। गत आवको सोही अवधिमा ६७ करोड ९७ लाख ६२ हजार रुपैयाँको एक करोड ८६ लाख ९१ हजार सात सय १४ किलो मकै आयात भएको थियो। गत आवको तुलनामा चालु आवको सोही अवधिमा मकैको आयात १९.५५ प्रतिशतले घटेको हो।

Related posts

वीरगन्जसहित पर्सामा हैजाको महामारी रोक्न ६ लाख ५४ हजार जनालाई खोप लगाइने

MadhesKhabar

वीरगन्जका दुई पूर्व वडाध्यक्षसहित आठ जनाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर

MadhesKhabar

भूमि आयोगद्धारा भुमीहिनका लागि पर्सागढीबाट नाप नक्सा कार्यको शुरुवात

MadhesKhabar

Leave a Comment