Madhes Khabar
स्वास्थ्य हेडलाइन

वीरगन्जसहित पर्सामा हैजाको महामारी रोक्न ६ लाख ५४ हजार जनालाई खोप लगाइने

वीरगन्ज,२४असोजःडेढ महिनाअघि देखिएको हैजा र झाडपाखालाको महामारी रोकथामका लागि पर्सा जिल्लामा हैजा विरुद्धको खोप अभियान असोज २६ गतेदेखि सुरु गरिने भएको छ ।

वीरगन्ज महानगरसहित पर्साका केहि पालिकामा गत भदौं ६ गतेदेखि हैजा र झाडपाखालाको महामारी फैेलिएकोमा हालपनि अस्पतालमा झाडपाखालाका बिरामी उपचाररत छन् ।

वीरगन्जसहित पर्सामा डेढ महिनापहिले फैलिएको हैजाको प्रकोप पूर्ण रुपमा नियन्त्रणमा अझै आइनसकेको कारणले सरकारले पर्सा र छिमेकी जिल्ला बारामा एकैसाथ हैजा विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको हो । दुवै जिल्लाका लागि गरी सरकारले विदेशबाट १० लाख १८ हजार १ सय डोज (खोप) नेपालमा आयात गरिसकेको छ ।

पर्सा जिल्लामा असोज २६ गतेदेखि हैजा विरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकउत जयमोद ठाकुरले जानकारी दिए ।

खोप अभियानमा खटिने स्वास्थ्यकर्मीहरुको अभिमुखीकरणका लागि वीरगन्जमा शुक्रबार आयोजित अभिमुखीकरण कार्यक्रममा भेटिएका ठाकुरले असोज २६ देखि कात्तिक २ गतेसम्म चल्ने अभियानमा जिल्लाका ६ लाख ५४ हजार जनालाई हैजाविरुद्धको खोप दिइने जानकारी दिए ।

१ वर्ष माथि उमेर भएका सबै व्याक्तिलाई हैजाविरुद्धको खोप दिइने उनले बताए ।उनका अनुसार, हैजाीवरद्धको खोप अभियानका लागि जिल्लाका १४ वटै पालिकामा गरी १ हजार ९५० वटा खोप केन्द्र स्थापना गरिने छ ।जिल्लाका १४ वटै पालिका कार्यालय, सबै वडा कार्यालय, सरकारी तथा निजी अस्पताल,सबै सामसदायिक तथा निजी विद्यालय, कलेज,सबै सरकारी कार्यालय, गैरसरकारी संघसंस्थाका कार्यालय,नियमित खोप सेवा सञ्चालन हुदैं आएका बाह्य खाृेप केन्द्रहरु,मन्दिर,मस्जिद, चर्च, गुम्बा,बसपार्क, नेपाल भारत सीमा नाका,उद्योग कलका।रखाना सबैमा खोप केन्द्र स्थापना गरिने उनले बताए ।

हैजारिुद्धको खोप अभियानका लागि पर्सा जिल्लामा महिला स्वास्थ्य स्वंयसेविका १ हजार ५४४ जना र स्वास्थ्यकर्मी ३ सय ५०जना गरी कूल १ हजार ८९४ जना जनशक्ति परितचालन गरिने जानकारीपनि उनले गराए ।

हैजा प्रभावित स्थान र आसपासका मानिसलाई हैजा रोग लाग्नबाट जोगाउनका लागि तथा हैजा फैलिएको स्थानबाट अन्यस्थानमा हैजा फैलनबाट रोक्नका लागि यो खोप अभियान सञ्चालन गर्न लागिएको ठाकुरले बताए ।

छिमेकी बारा जिल्लामा भने १६ पालिकामध्ये कलैया र जीतपुरसिमरा उपमहानगरपालिका,परवानीपुर, प्रसौनी,फेटा र विश्रामपुर गाँउपापलका गरी ६ वटा पालिकामापनि हैजा विरुद्धको खोप अभियान असोज २६ गतेदेखि नै सञ्चालन हुन लागेको जानकारीपनि उनले गराए।

पर्सामा केछ हैजाको अहिलेको अवस्थामा ?

सुरुमा पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकामा गत भदौं ६ गते पहिलो पटक अस्पतालमा उपचाररत झाडापखालाका ३ जना बिरामीमा हैजाको संक्रमण पुष्टि भएको थियो । त्यसयता अहिलेसम्म (असोज २१ गतेसम्ममा) पर्सामा २४५ जनामा हैजाको संक्रमण पुष्टि भएकोमा तीसबै उपचारपश्चात घर फर्किसकेका छन् ।

यसैगरी पर्सामै भदौं ६ देखि असोज २१ गतेसम्म विभिन्न अस्पतालमा गरी सिकिस्त झाडापखाला र शंकास्पद हैजाका बिरामी गरी १ हजार ६८० जना भर्ना भएकोमा तीमध्ये १ हजार ६७५ जना उपचारपछि निकोभई अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । हाल अस्पतालमा ५ जनामात्रै झाडपखालाका बिरामी उपचाररत रहेको स्वास्थ्य कार्यालय पसलिे जनाएको छ ।

पर्सामा हैजाको प्रकोप फैलिएको डेढमहिना भइसकेको भएपनि हैजाको संक्रमणको श्रोत अहिलेसम्मपनि पत्ता लाग्न सकेको छैन । त्यस्तै हैजाको संक्रमणबाट जिल्लामा कसैको मृत्युपनि नभएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत ठाकुरले बताए ।

Related posts

नेपालमा कोरेनाको नयाँ भेरियन्ट ‘जेएन १’ भेटियाे

MadhesKhabar

त्रिशुलीमा परेका सखुवा प्रसाैनीका पाँचै जनाका परिवारलाई गाँउपालिकाले १/१ लाख दिने अध्यक्ष यादवकाे घाेषणा

MadhesKhabar

वीरगन्जकाे रात्रीबजारले अर्थतन्त्रलाई चलायमान बनाउनमा याेगदान गरेकाे छ : मुख्यमन्त्री यादव

MadhesKhabar

Leave a Comment