Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

भोलिदेखि बजारमा आधा सिलिन्डर ग्यास मात्रै बिक्री गर्ने आयल निगमको निर्णय

काठमाडौं,२८फागुनःनेपाल आयल निगमले भोलि (शुक्रबार)देखि बजारमा आधा सिलिन्डर मात्रै ग्यास पठाउने निर्णय गरेको छ ।

निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास किन्न पाउनेछन् । आधा सिलिन्डर ग्यासको मूल्य पनि साविकको भन्दा आधा नै तोकिएको छ ।

अन्तर्राष्ट्रियस्तरमा भइरहेको युद्धका कारण बजारमा ग्यासको माग बढेको र आपूर्तिमा केही समस्या देखिएकाले त्यसलाई सामान्य बनाउन निगमले यस्तो कदम चालेको उनले बताए ।

भट्टले आधा सिलिन्डर ग्यास बाँड्दा धेरैभन्दा धेरै उपभोक्ताको पहुँचमा ग्यास पुग्ने दाबी गरे । उनका अनुसार पहिले १ हजार जनाले ग्यास पाउने ठाउँमा अब २ हजार जनाले ग्यास पाउनेछन् ।यसका साथै आधा सिलिन्डर मात्रै वितरण गर्दा अनावश्यक रूपमा ग्यास थुपारेर राख्ने (स्टक गर्ने) प्रवृत्ति पनि घट्ने निगमको दाबी छ ।

‘आधा सिलिन्डर कसैले पनि स्टक गरेर राख्दैन, जसलाई साँच्चिकै समस्या परेको छ उसले मात्रै किन्छ,’ कार्यकारी निर्देशक भट्टले भने ।यो निर्णयले बजारमा देखिएको ग्यास अभाव हट्ने र उपभोक्ताले सजिलै ग्यास पाउने निगमको दाबी छ ।

 

Related posts

नयाँ बजेटमा कृषिजन्य उद्योगहरुलाई प्रोत्साहित गर्ने नीति ल्याउन संघको माग

MadhesKhabar

पर्साका १ का जसपा उम्मेदवार यादव भन्छन् : जनता जनार्दन हुन् , काम गरेका नेताको मुल्यांंकन गर्छन्

MadhesKhabar

गरुडामा झडप हुदाँ ११ राउन्ड हवाइ फायर, प्रहरी सहित सात जना घाइते

MadhesKhabar

Leave a Comment