Madhes Khabar
अर्थतन्‍त्र

नयाँ बजेटमा कृषिजन्य उद्योगहरुलाई प्रोत्साहित गर्ने नीति ल्याउन संघको माग

काठमाडौं, ७ जेष्ठ : नेपाल चामल तेल दाल उद्योग संघले स्वदेशी लगानीमा स्थापना भएका उद्योगहरुको उच्च गुणस्तरीय उत्पादनले राष्ट्रिय अर्थतन्त्रमा प्रभाबकारी भुमिका निर्बाह गरेका बताएको छ ।

आइतबार कठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष डाक्टर सुबोध कुमार गुप्ताले अरबौंको लगानिमा खोलिएका उद्योगहरुबाट निर्बाहमुखी उत्पादन मात्र नभएर तेश्रो मुलुकका बिभिन्न देशहरुमा समेत निर्यात हुने गरी राष्ट्रिय उत्पादनमा टेवापुग्ने गरी आन्तरिक उत्पादनलाई बढावा दिएको दावी पनि गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय कार्यकारिणी सदस्य समेत रहेका गुप्ताले नेपाल सरकारले कृषि अनुदान र कृषि संरक्षण नीति निर्माण गरी स्वदेशी कृषि उद्योगहरुको संरक्षण गरी रोजगारी लगायतका पुर्वाधारहरुको सृजना गर्न आगामी आर्थिक बर्षको बजेटमार्फत मार्ग प्रसस्त गर्न अनुरोध पनि गरे ।

कृषिलाई पूर्ण प्राथमिकतामा राखेर स्थापना भएका चामल, तेल, दाल जस्ता उद्योगको प्रष्ट नीति निर्माण नहुनु, कृषि भुमिको संरक्षण नहुनु, उन्नत बीउबिजन र मलको पूर्ण ब्यबस्थापन नहुनु, राज्यको कमजोर पक्ष भएको भन्दै त्यसलाई सुधार्न उनले आग्रह गरे ।
कृषिलाई र कृषिजन्य उद्योगहरुलाई अग्रगमन तर्फ लैजान सक्ने कुनै ठोस संकेत नदेखिएको भन्दै उनले राष्ट्रिय अर्थतन्त्रलाई सबल र सक्षम बनाउन आन्तरिक उत्पादन र स्वदेशी उद्योगहरुलाई निश्चित नीति निर्माण गरी बिषेश प्राथमिकताका साथ गंभिर बहस गर्न आग्रह गरे ।

अरबौंको स्वदेशी लगानीमा उद्योग स्थापना गरिएको हुन्छ तर बिना अध्यायन सरकारबाट बेला बेलामा नयां नीति परिबर्तन गरिदिंदा ती लगानी जोखिममा पर्ने मात्र नभई उद्योगनै बन्द गर्नु पर्ने तितो यथाथ भएको भन्दै उनले सरकारले नीति तथा नियम बनाए प्रभाबकारी र नतिजामुखी हुने अपेक्षा राखे ।

Related posts

वीरगन्जमा ट्रान्सपोर्ट नगर बनाउन सहयोग गर्न नीजि क्षेत्रसँग मेयर सिंहको आग्रह

MadhesKhabar

नयाँ बजेटमा निजी क्षेत्रका समस्या सम्बोधन गर्न वीरगन्जका उद्योगी व्यवसायीको माग

MadhesKhabar

विश्व बैंकको सहयोगमा वीरगन्जको सिर्सिया सुक्खा बन्दरगाहको पूर्वाधार विस्तार हुँदै

MadhesKhabar

Leave a Comment