Madhes Khabar
मधेस प्रदेश हेडलाइन

मधेसी सहिद पत्नि विनिताकाे पिडा : हाेटलमा जुठाे भाँडा माझेर बच्चाहरुलाई पालिरहेकाे छु

सहिद पत्नि विनिता देवी ।

वीरगन्ज,५माघः आज माघ ५ मा मधेस प्रदेश सरकारले बलिदानी दिवस मनाउने तयारी गरिरहदाँ मधेस आन्दोलनमा सहादत दिएका सहिद परिवारमा भने मधेस सरकार र मधेसी दलप्रतिको आक्रोश चुलीदो छ ।

बलिदानी दिवसको सन्दर्भमा कुरा गर्न वीरगन्ज ८ स्थित सानो कटेरोमा सञ्चालित होटेलमा मधेसखबरकर्मी पुग्दा सहिद पत्नि विनिता देवीले भनिन् ,‘जूठो भाँडा माझेर बच्चाहरु पालिरहेको छु ।योभन्दा दुःख अरु के सुनाउँ ।

विनिताका पति सोहन साह कलवारको मधेस आन्दोलनका बेला २०७२ भदौं १५ मा प्रहरीको गोली लागेर ज्यान गएको थियो ।वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवामा त्यसदिन भइरहेको प्रदर्शनमा सहभागी भएका बेला उनले सहादत प्राप्त गरेका थिए ।

सरकारले सोहनलाई सहिद घोषणा गर्यो । परिवारलाई क्षतिपुर्ती बापत १० लाख रुपैयाँपनि दियो । तर सहिद पत्नि विनिता भने मधेसको अधिकारका लागि आफना पति सोहनले दिएको बलिदानीको मधेसी दलले सच्चा कदर नगरेको बताउछिन् ।

मधेसी दलप्रति आक्रोश पोख्दै उनले भनिन्,‘ मधेस आन्दोलन भएको ८ वर्ष भइसक्यो, हरेक वर्ष मधेसी दलले तामझामका साथ बलिदानी दिवस मनाउँछन् । तर सहिदका परिवार र बालबच्चा कसरी बाँचिरहेका छन् ?के खाइरहेका छन् ? कुनै नेतालाई मतलब छैन । बलिदानी दिवसमा हामी सहिद परिवारलाई नेताहरुले खाली मोहरा मात्रै बनाउदै आएका छन् ।’

सरकारले सहिद घोषणापछि नगद १० लाख रुपैयाँ दिएको र उक्त रकमबाट ७ धूर घडेरी किनेपनि पैसा नहुदाँ सानो झुप्रोपनि बनाउन नसकेको दुखेसो उनले सुनाइन् । आफनै घर नहुदाँ वर्षौदेखि दुई छोरासंगै भाडाको घरमा बस्न बाध्य हुनु परेको विनिताले बताइन् ।

उनले भनिन् ,‘आफनै घर भइ दिएको भए कोठाको भाडा तिर्नु पर्दैन्थ्यो । त्यो पैसाले बच्चाहरुलाई अझ राम्रो स्कुलमा पढाउन सकिन्थ्यो होला ।यदि मेरा पतिले मारिनु भन्दापहिले यो सानो होटल नचलाइदिएको भए आज दुई नाबालक छोराहरुको पेटमा माड लगाउनपनि गाह्रै हुन्थ्यो होला ।’

मधेस सरकारले सहिद परिवारलाई जागीर दिने भनिएपनि आँफुलाई अनेक तानाबान बुनेर बञ्चित पारिएको गुनासोपनि उनको छ । उनले भनिन्,‘ २०७४ को चुनावमा मलाई अनेक लालच दिएर पार्टीले वडासदस्य बनाइदियो त्यहि कारण मैले जागीर पाउन सकिन । त्यसपछि २०७९ को निर्वाचनमा आँफु वडाध्यक्षको आकांक्षी हुदाँ नेताहरुले रकम लेनदेन गरेर टिकट नै नदिएको आरोप उनको छ ।

विनिताले भनिन्,‘ एक त वडासदस्य बनाएर मलाई जागीरुबाट बञ्चित पारे । त्यसपछि २०७९ को चुनावमा वडाध्यक्षमा लड्छु भने तर जसपाका नेताहरुले मलाई टिकट नै दिएनन् । जो धनीमानी थियो उसैलाई टिकट दिए ।सहिद परिवारको कुनै कदर नै गरेनन् ।

पार्टीले टिकट नदिएपछि आँफु विवेकशील साझा पार्टीको चुनाव चिन्ह लिएर वडाध्यक्षमा चुनाव लडेको भएपनि पराजित भएको उनले बताइन् ।विनिताले भनिन्,‘ यहाँ न त सहिद परिवारको कदर छ । न सहिदले जे कुराको लागि ज्यानको बलिदानी दिए त्यो बलिदानीको नै कदर छ । पार्टी र नेताहरुलाई सत्ता र कुर्सीमात्रै चाहिएको छ ।’

उनले फेरि दोहो¥याँउदै भनिन्,‘ मधेस आन्दोलनका सहिद र सहिद परिवारलाई नेताहरुले मोहरा मात्रै बनाइरहेका छन् । त्यसका कारण अब पार्टी र नेता भन्ने बित्तिक्कै मनमा घृणा जागेर आउँछ।´

Related posts

जीबी राईकाे सानो पाइला सहकारीले १ अर्ब बढी रकम फिर्ता नगरेपछि ८ सय बचतकर्ताको बिचल्ली

MadhesKhabar

सिके राउत को हुन् ? कहाँबाट परिचालित छन् ? यो खोज्नु पर्छ : उपेन्द्र यादव

MadhesKhabar

“एक घर, एक बिरुवा” अभियान अन्तर्गत वीरगन्ज महानगरद्वारा फलफूलका ५ हजार बिरुवा नि:शुल्क वितरण

MadhesKhabar

Leave a Comment