Madhes Khabar
शिक्षा हेडलाइन

वीरगन्ज महानगरले विद्यालयहरुमा दियाे जाडाे बिदा

वीरगन्ज,७पुस : चिसो बढ्दै गएपछि वीरगन्ज महानगरपालिकाले विद्यालयहरूमा ३ दिनका लागि जाडो बिदा दिएको छ। चिसो मौसमलाई मध्यनजर गर्दै महानगरपालिकाले विद्यालयहरूमा फेरि आज(साेमबार)देखि ३ दिनका लागि जाडो बिदा दिएको हो।

महानगरपालिकाले वर्षे सट्टे बिदामा कट्टा हुने गरी आज पुस ७ गतेदेखि पुस ९ गतसम्म वीरगन्ज महानगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा जाडो बिदा दिइएको जनाएको छ।

तराई–मधेसमा एक साता यता चिसो बढ्दै गएका कारण जनजीवन प्रभावित भएको छ। हुस्सु लाग्नुका साथै चिसाे हाजा पनि चल्न थालेपछि खासगरी वृद्धवृद्धा, बालबालिका र दैनिक ज्याला मजदुरीमा काम गर्नेहरूलाई बढी सास्ती भएको छ।

Related posts

पोखरीयाका मेयरलाई कांग्रेसले बुझायो ८ बुँदे ज्ञापनपत्र, माग पुरा नभए आन्दोलनमा उत्रिने चेतावनी

MadhesKhabar

बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर

MadhesKhabar

चिसाे बढेपछि विद्यालयहरुमा जगरनाथपुर गाँउपालिकालेपनि दियाे जाडाे विदा

MadhesKhabar

Leave a Comment