Madhes Khabar
शिक्षा

शिक्षाबाट बन्चित बालबालिकालाई विधालयमा ल्याउने अभियान थाल्न जनप्रतिनिधीलाई सांसद यादवको सुझाव

वीरगन्ज,२९माघ : पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदीप यादवले शिक्षाको पहुच बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउने अभियान शुरु गर्न पालिकाका जनप्रतिनिधीहरुलाई सुझाव दिएका छन् ।

वीरगन्ज १३ राधेमाईस्थित साउथ जोन माविको १४ औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका यादवले हरेक स्थानीय तहका वडाअध्यक्षहरुले आ–आफ्नो वडामा विद्यालयसम्म नपुगेका बालबालिकाको खोजी गर्दै उनीहरुलाई विद्यालय लैजाने अभियान सुरु गर्न सुझाव दिएका हुन् ।

उनले भने ,‘ त्यस्ता अभिभावकलाई वडाअध्यक्षहरुले मासिक १ हजार रुपैयाँ प्रोत्साहनस्वरुप दिने घोषणा गर्नुहोस्, जसले गर्दा स्थानीय सरकारको आभाष पनि जनताले गर्न पाउँछन् र बालबालिकाहरु पनि शिक्षाबाट बञ्चित हुँदैनन् ।’

उनले समाज रुपान्तरणका लागि शिक्षाको महत्वपूर्ण भूमीका रहने भएकाले शिक्षाको पहुँचबाट टाढा रहेका बालबालिकालाई विद्यालयसम्म ल्याउन प्रोत्साहन गर्ने अभियानको थालनी गर्नुपर्नेमा जोड दिए ।उनले अध्ययनकै लागि विदेशीनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा पनि जोड दिए । गरिब, विपन्न एंव दलित समुदायमा शिक्षाको पहुँच बढाउनुपर्ने बताउँदै उनले शिक्षासँगै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिएमा विद्यार्थीको व्यक्तित्व विकास र क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

साउथ जोन माविका प्रधानाध्यापक सरोज कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष पुरण प्रधान, उपाध्यक्ष शिव गुप्ता, अभिभावक संघ पर्साका अध्यक्ष अमर गौतम, पुस्तक व्यवसायी संघ पर्साका अध्यक्ष रोहित ब्याहुत, सामाजिक अभियन्ता प्रकाश थारु लगायतको उपस्थिती रहेको थियो ।

 

Related posts

सुखचैनाको विद्यालयमा २५५ विद्यार्थीलाई छात्रवृति वितरण

MadhesKhabar

कक्षा १२ को परिक्षा दिएका विद्यार्थीका लागि एडूकेशन करिअर काउन्सिलिङ कार्यक्रम हुदैं

MadhesKhabar

सरकारसँग भएको सहमतिमा असन्तुष्ट राहत शिक्षकहरु भन्छन् : आन्दोलन जारी रहन्छ

MadhesKhabar

Leave a Comment