Madhes Khabar
शिक्षा

सरकारसँग भएको सहमतिमा असन्तुष्ट राहत शिक्षकहरु भन्छन् : आन्दोलन जारी रहन्छ

फाइल फाेटाे

काठमाडौं,५असाेज: सरकार र आन्दोलनरथ शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरुले असहमति जनाएका छन् । सरकारसँग भएको वार्तामा आफ्नो माग सम्बोधन नगरेको भन्दै राहत शिक्षकहरुले असहमति जनाएका हुन् ।

गृहमन्त्रालयमा शुक्रबार दुई पक्षबीच भएको वार्तामा आफ्नो माग समाधान नगरेपछि राहत शिक्षकहरु बैठकबाट उठेर हिँडेको नेपाल राहत शिक्षक संघका अध्यक्ष खेमराज अधिकारीले बताए ।

राहत शिक्षकहरुले आन्दोलनको कार्यक्रम जारी नै राख्ने बताएका छन्। माइतीघर मन्डलामा शनिबार भेला हुने राहत शिक्षक संघका महासचिव कुमार बजगाईंले बताए । ४० हजार राहत शिक्षक आक्रामक रुपमा उत्रने उनको दाबी छ ।

साथै नेवाल शिक्षक महासंघबाट राजीनामा दिने राहत शिक्षकका महासचिव बजगाईंले बताए ।

Related posts

बखरीको विद्यालयमा विधार्थीहरुलाइ पाठ्यपुस्तक वितरण

MadhesKhabar

पर्सा र बाराका ९०४ विद्यार्थीहरुलाई स्कूल ब्याग र शैक्षिक सामग्री वितरण

MadhesKhabar

वीरगन्जमा अनुमति बेगर सञ्चालित ५ वटा निजी विद्यालयमा महानगरले गर्यो सिललबन्दी

MadhesKhabar

Leave a Comment