Madhes Khabar
शिक्षा हेडलाइन

वीरगन्जमा हैजा संक्रमण : विद्यालय थप ३ दिनका लागि बन्द, जनचेतना फैलाउन शिक्षकहरु परिचालन

वीरगन्ज,१०भदौंःवीरगन्ज महानगरपालिकाले थप तीन दिनका लागि विद्यालयहरु बन्द गरेको छ । वीरगन्जमा गत शुक्रबारदेखि झाडापखाला र हैजाको संक्रमण फैलिएको र त्यसको रोकथाम र नियन्त्रणमा जुटेको महानगरपालिकाले विद्यालयहरु थप तीन दिनका लागि बन्द गरेको हो ।

यसअघि गत आइतबार र सोमबार गरी दुई दिनका लागि बन्द गरिएको विद्यालयहरु मंगलबार हरितालिका तीज पर्वको सार्वजनिक विदाका कारण बन्द रहेका थिए ।

वीरगन्जमा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु थप तीन दिनका लागि अर्थात भदौं ११ देखि १३ गतेसम्मका लागि बन्द गरिएको मंगलबार शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले जारी गरेको सूचनामा उल्लेख छ ।

विगत केही दिनदेखि फैलिएको हैजाको संक्रमणलाई मध्यनजर गर्दै मंगलबार मेयर राजेशमान सिंहको अध्यक्षतामा बसेको बैठकको निर्णयानुसार थप तीन दिनका लागि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको लामिछानेले बताए ।

यससंगै विद्यालयहरु बन्द रहेको अिवधिमा विद्यालयको सेवा क्षेत्र भित्र रहेका समुदायमा विद्यालयका सबै शिक्षक र कर्मचारीहरूलाई हैजा नियन्त्रण सम्बन्धी जनचेतना फैलाउनका लागि परिचालन गरिने निर्णयपनि गरिएको लामिछानेले बताए ।

Related posts

‘सुबोध स्मृति पत्रकारीता पुरस्कार’ बाट पत्रकार क्रान्ति शाह पुरस्कृत

MadhesKhabar

चर्को ब्याजदरले उद्योग व्यपार टाट पल्टिदा पनि सरकार रमिते मात्र बन्यो : नीजी क्षेत्र

MadhesKhabar

गर्मी कम नभएपछि पटेर्वासुगाैली गाँउपालिकाका विद्यालयहरु थप चार दिनका लागि बन्द

MadhesKhabar

Leave a Comment