Madhes Khabar
समाज

ठोरीको बृद्धा आश्रममा उपकार सेवा नेपालद्वारा खाद्यान्न लगायतका सामग्री सहयोग

वीरगन्ज,२८फागुनःपर्साको ठोरी गाँउपालिका वडा नम्बर १ भगवाननगरमा रहेको बृद्धा आश्रममा परोपकारी संस्था उपकाार सेवा नेपालले खाद्यान्न लगायत विभिन्न सामग्री सहयोग गरेको छ ।अपांगता भएका व्याक्ति,बृद्धबृद्धा गरी २३ जना बस्दै आएको उक्त बृद्धा आश्रममा उपकार नेपाललले हरेक महिना झै यस फागुन महिनामा पनि सहयोग गरेको हो ।

संस्थाकी अध्यक्ष विद्या सरावगीले  दाल ,नून खाने तेल चना ,स्वाबिन,चामल पिठो ,भुजा ,चाउचाउ,बिस्कुट सेनेटरी प्याड,डाइपर, फिनाईल साबुन लगायतको दैनिक उपभोगय सामाग्री आश्रमका सदस्य रामबहादुर थिङलाई प्रदान गरेको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।

 

Related posts

वीरगन्ज कारागारमा रहेको समता स्कुललाई एभरेष्ट बैंकद्वारा दुई लाख सहयोग

MadhesKhabar

पर्सामा गाँजासहित मकवानपुरका घलान पक्राउ

MadhesKhabar

मानव सेवा आश्रमद्वारा बाराको नौतन चोकबाट एक बेवारिसे पुरुषको उद्धार

MadhesKhabar

Leave a Comment