
वीरगन्ज, ८ साउन : पर्साको पर्सागढी नगरपालिकाका ४ वटा वडामा नेपाली कांग्रेसले वृक्षारोपण कार्यक्रम गरेको छ ।
कांग्रेसका संस्थापक नेता स्वर्गीय विश्वेसर प्रसाद कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा कांग्रेसले पर्सागढी नगरपालिका वडा नम्बर १ , २ , ३ र ९ मा वृक्षारोपण गरेको हो ।
वडा नम्बर १ को कोईलाभार आधारभुत विद्यालय प्रांगणमा , वडा नम्बर २ को छोईलामाई धार्मिक वनमा , वडा नम्बर ३ को आमोदेवी जनता क्याम्पस प्रांगणमा र वडा नम्बर ९ को रामजानकी मन्दिरको प्रांगणमा अशोक , सपेता , गुलमोहर , टिक ,बेल लगायतका प्रजातिका बिरुवा रोपिएको कांग्रेसका प्रदेश सभा निर्वाचन क्षेत्र २ को (क) का सभापति बेदमन दास थारुले बताए ।
कांग्रेस मधेस प्रदेस समिति सदस्य अर्चना चौधरिको प्रमुख आतिथ्यतामा भएको वृक्षारोपण कार्यक्रममा कांग्रेस महाधिवेशन प्रतिनिधि शैलेन्द्र चौधरी , जिल्ला प्रतिनिधि जङ्ग बहादुर चौधरी , अच्छेलाल प्रसाद यादव , सुन्दरराज मैनाली , आत्माराम अधिकारी , सन्तोष चौधरी लगायतका नेता कार्यकर्ताहरुकोपनि सहभागीता रहेको थियो ।

