Madhes Khabar
राजनीति हेडलाइन

उपेन्द्र यादवबाट आजित पर्साका युवा नेता सोनीले पनि छाडे जसपा नेपाल

वीरगन्ज,९जेष्ठःजनता समाजवादी पार्टी(जसपा) नेपालका संघीय परिषद सदस्य शीवजी सोनीले पार्टी परित्याग गरेका छन् ।
पर्साको पकाहामैनपुर गाँउपालिका वडा नम्बर १ धोरे निवासी सोनीले बुधबार साममाजिक सञ्जाल फेसबुक स्टाटस पोष्ट गर्दै आँफुले जसपा नेपालको साधरण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

जसपा नेपालमा निष्ठावान कार्यकर्ताकोे मुल्यांकन नहुने गरेको र केन्द्रिय अध्यक्ष उपपेन्द्र यादवको कार्यशैलीपनि ठिक नभएको भन्दै आरोप लगाउँदै सोनीले पार्टीबाट राजिनामा दिएका हुन् । मधेसखबरसंगको कुराकानीमा सोनीले भने,‘ जिल्लामा विचौलिया हाबी छन् ।पार्टीले पाएका मन्त्राललयका योजनाहरु कमीशनको लोभमा पार्टीका कार्यकर्तालाई पाखा लगाएर बिचौलिया र अरु पार्टीका माान्छेलाई दिइन्छ । यसबारे केन्द्रिय अध्यक्षसंग गुनासो लिएर पुग्दा उहाँले प्रमाण माग्नु हुन्छ।’

मधेस आन्दोलनको सुरुवाती समयदेखि नै पार्टीमा लागेका कार्यकर्ताको मुल्यांकन जसपा नेपाल नेतृत्वले नगरेकोले अपमानित महसुस गरेर आँफुले जसपा नेपाल परित्याग गरेको सोनीले बताए ।

२०६२ सालदेखि नै मधेस आन्दोलनमा सहभागी हुदैं आँफु २७ पटक थुनामा परेको भन्दै उनले भने,‘तर म भन्दा पछि पार्टीमा आएकाहरु सांसद , विद्यायक र मन्त्री बनिसके । मैले आजसम्मम गाँउपालिका अध्यक्षको समेत टिकट पाउन सकेको छैन । जब मुल्यांकन नै हुदैन भने पार्टीमा बस्नुको कुनै औचित्य नै छैन ।’

Related posts

पर्सामा जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता वितरण आइतबारदेखि

MadhesKhabar

सिर्सिया नदी प्रदुषित गर्ने उद्योगहरुलाई वीरगन्ज महानगरद्धारा १५ लाख जरीवाना

MadhesKhabar

शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने पर्सा–२ का रास्वपा उम्मेदवार सुशीलको प्रतिबद्धता

MadhesKhabar

Leave a Comment