वीरगन्ज,११माघ:पर्सा क्षेत्र नम्बर १ मा जनमत पार्टीले चुनावी अभियानले तिब्र पारेकाे छ।पर्सा-१ मा जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सर्राफले आगामी चुनावलाई लक्षित गरि संगठन विस्तार र सुदृढीकरणसंगसंगै कार्यकर्ता भेटघाटपनि सुरु गरिसकेका छन्।
पर्सा-१ मा “आपन बुथ सब से मजबुत” भन्ने मूल नारा बनाएर जनमत पार्टीले आइतबार पर्सा क्षेत्र नम्बर–१ मा पर्ने ३४ वटै बुथका इन्चार्ज, महिला इन्चार्ज तथा युवा इन्चार्जहरूसंगअन्तरकृया गरेकाे छ।बुथस्तरको संगठनलाई अझ मजबुत बनाउँदै मतदाता केन्द्रित अभियान अघि बढाउने रणनीतिमा लागेकाे जनमत पार्टीले जनाएको छ ।
कार्यक्रममा पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार सर्राफले बुथस्तर नै निर्वाचन जितको आधार हुने उल्लेख गर्दै पार्टी संगठनलाई एकताबद्ध र सक्रिय बनाएर मैदानमा उत्रिन कार्यकर्तालाई आग्रह गरे ।
जनमत पार्टीले आगामी दिनमा घरदैलो, जनसम्पर्क तथा विभिन्न चुनावी कार्यक्रमलाई निरन्तरता दिने तयारी गरिसकेकाे भन्दै उनले पार्टीको हरेक चुनावी गतिविधिमा सकृय रुपमा सहभागी भएर लाग्न आग्रहपनि गरे।

