Madhes Khabar
राजनीति

कांग्रेसको मधेस प्रचार प्रसार विभागमा मनोनितहरुलाई प्रमाणपत्र वितरण

वीरगन्ज,१२असोज : नेपाली काँग्रेसको भातृ संगठन सुचना संचार तथा प्रचार प्रसार विभाग मधेश प्रदेशमा मनोनितहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।

शुक्रबार जनमकपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथी कांग्रेस मधेस प्रदेश प्रदेशका सभापति एंव प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्ण प्रसाद यादवले विधागमा मनोनित पदाधिकारी र सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेका हुन् ।

कार्यक्रमलाइ सम्बोधन गर्दै कांग्रेस मधेश प्रदेशका सभापति यादवले राणाकालदेखि गणतन्त्र प्राप्तिसम्मको आन्दोलनमा मुख्य भूमीका कांग्रेसकै रहेको बताए । संविधानपनि काँग्रेसकै नेतृत्वमा जारी भएको उनले बताए ।

विभागका मधेस प्रदेश प्रमुख नितेस कुमार गुप्ताको अध्यक्षतामा भएको उत्तः कार्यक्रममा कांग्रेस मधेस प्रदेशका उपसभापति तथा मधेस प्रदेशका स्वास्थ्यमन्त्री वीरेन्द्र प्रसाद सिंह ,कानुनमन्त्री महम्मद समिम,कांग्रेस मधेस प्रदेशका उपसभापति तथा प्रशिक्षण बिभाग प्रमुख चन्द्र शेखर यादव, नेपाल प्रेस युनियन मधेस प्रदेश अध्यक्ष सत्यनारायण श्रेष्ठ,नेपाली कांग्रेस स्वास्थ्य सेवा विभागका प्रमुख शर्मिला थापा,नेबि संघका पुर्व सहमहामन्त्री मिथलेश मिश्र लगायतकोपनि उपस्थिति रहेको थियो।

प्रमाणपत्र वितरण काकर्यक्रम पश्चात बसेको विभागको पहिलो बैठकले विभिन्न निर्णय गरेको विभागका सदस्य राहुल गुप्ताले जानकारी गराए ।

Related posts

इलाम-२ उपनिर्वाचन : एमालेका सुहाङ नेम्वाङ विजयी

MadhesKhabar

पर्सामा जसपा–एमाले गबठन्धनका उम्मेदवारहरु : यादव, कुर्मी , गुप्ता र मियाँ

MadhesKhabar

उपेन्द्र यादवको पार्टीमाथि नयाँ दल जसपा हरेक ठाँउमा हाबी रहन्छ : मेयर सिंह

MadhesKhabar

Leave a Comment