Madhes Khabar
धर्म/संस्कृति साहित्य

वीरगन्जमा उल्लाशमय माहौलका साथ भोजपुरी कवि गोष्ठी सम्पन्न

वीरगन्ज, ८ पुष : वीरगन्जमा भोजपुरी भाषा र संस्कृति उत्थानमा लागेकाहरुको सहभागीतामा एक दिने कविता वाचन कार्यक्रम सम्पन्न भएको छ ।

भोजपुरिया उडान नामक संस्थाले आयोजना गरेको एक दिने कवि गोष्ठीमा सहभागीहरुले कविता, गीत, गजल, मुक्तक लगायत वाचन गरेको संस्थाका सचिव कृष्ण पासवानले जानकारी गराए ।

वीरगन्जको कलवार कल्याण समितिको अतिथी सदनमा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रमोद पाण्डेले दीप प्रज्वलन गरेर गरेका थिए ।

पर्सा, बारा सहितका जिल्लाबाट आएका कविहरुको कविता वाचन र गीत गजल गायनले कार्यक्रममा छुट्टै माहोल बनाएको थियो ।आयोजक संस्थाको लगनशीलता र मिहिनेतका कारण गरिएको प्रयास सराहनीय रहेको भाषाकर्मी अशोक कुश्वाहाले बताए ।

कुश्वाहाले भने ,‘ आफ्नै मातृभाषाको आनन्द लिरहदा आफ्नै माटोको सुगन्ध छर्कन चियासंग मकैको लावा र खाजामा मालपुवा र चट्नीको स्वादले माहोलनै भोजपुरीमै बनाएको आभाष भयो ।

भोजपुरी भाषाको उत्थान, प्रबर्द्धन तथा संरक्षणका लागि प्रयासरत रहेको भोजपुरिया उडानले बेलाबखत यस्ता कार्यक्रम आयोजना गरेर सम्पूर्ण कवि वर्गलाई एकीकृत गर्दै आफ्नो भाषालाई अगाडि बढाउन सबैसँग हातेमालो गर्ने अध्यक्ष आमोद प्रसाद गुप्ताले बताए ।

कार्यक्रममा विशिष्ट अतिथि बाराका रामप्रसाद साह, सिम्रौनगढका बतहु यादव, प्राज्ञ दिनेश गुप्ता, नेपाल भोजपुरी समाजका धुर्व सिंह ठकुरी, अतिथि अनिता साह, अजमत अलि, रितु राज, अशोक कुश्वाहा, विनय गुप्ता, राधेश्याम गुप्ता, संस्थाका ललन सहनी, कृष्ण पासवान, छोटु राजा, जय यादव लगायतको सहभागीता थियो ।कार्यक्रमको सञ्चालन संस्थाकी अस्मिता पटेलले गरेकी थिइन् ।

 

Related posts

महाशिवरात्रीमा काठमाडौंको पशुपतिको जस्तै झल्को वीरगन्जमापनि (फोटो फिचर)

MadhesKhabar

गढीमाई मेलामा ठेकेदारको ब्रम्हलुट :एउटा बल्ब बालेको १ दिनको शुल्क १ हजार रुपैयाँसम्म

MadhesKhabar

बाराको इटियाहीमा पूर्वमन्त्री सोनलले गरे शिव मन्दिरको शिलान्यास

MadhesKhabar

Leave a Comment