Madhes Khabar
धर्म/संस्कृति

इस्लाम धर्मावलम्बीकाे महान् पर्व रमजान सुरु

फाइल फाेटाे ।

वीरगन्ज,२९फाल्गुन:इस्लाम धर्मावलम्बीकाे महान् पर्व रमजान मुबारक महिना आज मंगलबारदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुस्लिम धर्मावलम्बीहरू दिनभर निराहार बस्छन् ।बिहान सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब) को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ ।

रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने तालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समयअघि नै र बेलुका तोकिएको समयपछि आहार लिइन्छ । उर्दू पात्रोअनुसार हिजरी सम्बत्को रमजान नवौँ महिना हो ।

रमजानमै मुसलमानहरूको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यस महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिइन्छ । दान गर्नु, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो ।

रमजान व्रत बस्न आज साँझ मुसलमानहरूले चन्द्रमा हेर्ने प्रचलन छ । शरीरलाई शुद्ध राखेर मात्र रोज बस्नुपर्छ भन्ने मान्यता छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यस पर्वमा मुसलमानहरू रोजा बस्नुलाई गर्व गर्दछन् । नाबालक, बिरामी, जटिल रोग लागेका र गर्भवतीलाई भने रोजा बस्न अनिवार्य गरिएको छैन ।

Related posts

रामकाे ससुराली जनकपुरबाट अयाेध्या पठाइयाे ११ हजार वटा काेसेली

MadhesKhabar

यसरी सम्भव भयो अयोध्यामा बाबरी मस्जिद भत्काएर राम मन्दिरको निर्माण

MadhesKhabar

सिम्रौनगढलाई विश्व सम्पदा सूचिमा राख्न सरकारसँग माग

MadhesKhabar

Leave a Comment