Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

माओवादीले हत्या गरेका हिन्दु सहिद काशी तिवारीकाे शालिक वीरगन्जमा निर्माण

मधेसखबर
वीरगन्ज ,०८ असाेज : तत्कालिन हिन्दू युवा संघका अध्यक्ष स्वर्गिय काशी तिवारीको १२ बर्षपछि शालिक निर्माण गरि अनावरण गरिएको छ ।

विश्व हिन्दू परिषद नेपालले वीरगन्ज १० अशाेकवाटीका स्थित शिवपार्वती मठ अगाडी निर्माण गरेकाे स्वर्गिय तिवारीको शालिक शनिबार अनावरण गरिएको हो ।अनन्त श्रीविभूषित स्वामी धतुर्भुजाचार्य चुडामणिजी महाराजले स्वर्गिय तिवारीको शालिकको अनावरण गरेका हुन् ।

शालिक अनावरण पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै धर्तुर्भुजाचार्य चुडामणिजीले विश्व हिन्दू परिषले धर्म, संस्कृति र राष्ट्रको रक्षाको निम्ती बलिदानी दिएका स्वर्गिय काशी तिवारीलाई उचित मुल्यांकन गरी सम्मान गरेकोमा आफू पनि गाैरवान्वित भएको बताए । उनले हिन्दू राष्ट्रको पक्षमा आवाज उठाउँनेलाई मात्र सहयोग गर्नुपर्ने र हिन्दू विरोधीहरुलाई समाजबाट नै बहिष्कार गर्न सुझाव समेत दिए । हामी हिन्दूहरु राष्ट्रको गौरव र देशको सम्मान र सत्रुको लागि मरिमेट्नु पर्छ, उनले भने, ‘ महाभारतको युद्धमा अर्जुन पन्चपाण्डेले धर्म रक्षा र न्यायको रक्षाको लागि लडेका थिए ,जसमा अर्जुनले आफनो विर योद्धाहरुको बलिदानी दिएका थिए ।’

वीरर सपुत काशी तिवारी जस्तो महान योद्धालाई आहुती दिएर राष्ट्र, धर्म संस्कृति निर्माणको अभियान शुरु भएको पनि उनले बताए । वीरगन्जबाट नै देशलाई पुन हिन्दू राष्ट्र कायम गराएर नयाँ इतिहास बनाउने विश्वास आफुले लिएकाे उनले बताए ।
देशमा परिर्वतनको शुरुवात भईसकेको छ, उनले भने, ‘ हिन्दू धर्म विरोधी नेता नेकपा माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई संसद बाहिर लखेट्नु पर्छ , हिन्दू र राष्ट्र विरोधी नेताहरुको खुलेर विरोध गर्नुपर्छ ।

कार्यक्रममा विश्व हिन्दू परिषद नेपालका महासविच जितेन्द्र कुमार सिंहले हिन्दू राष्ट्र कायम गराउँने अभियानमा लागेको स्वर्गिय काशी तिवारीले पुरयाएको योगदानको बारेमा चर्चा गर्दै तिवारीले हिन्दू राष्ट्र पुनस्थापनाको निम्ती दिएको बलिदानी खेर जान नदिने प्रतिबद्धता जनाए उनले देशको सम्पूर्ण हिन्दू समाज एकजुट हुने बेला आएको बताए । उनले भने, ‘ विश्व हिन्दू परिषद नेपाल समग्र हिन्दू समाजको संगठन हो, यसले ३२ राष्ट्रका हिन्दू समाजको आवाजलाई बुलन्द गर्ने काम गर्छ । अहिले पनि नेपाल बहुसंख्यक हिन्दूको देश हुदाँ पनि हिन्दू समाज एकजुट हुन नसक्दा गैरहिन्दूहरु हिन्दूमाथि नै हाबी भईरहेकाे भन्दै उनले सम्पूर्ण हिन्दू समाज एकजुट भएर हिन्दू धर्म संस्कृतिको रक्षा सहित हिन्दू राष्ट्र कायम गराउँने अभियानमा लाग्नु पर्नेमा जाेड दिए उनले ।

वरिष्ठ समाजसेवी एवं उद्योगपति अशोक बैद्यले नेपाल विश्वको एकमात्र हिन्दू राष्ट्र रहिरहने बताए । विगतमा राजनितिक व्यक्तिहरुले आफनो स्वार्थका लागि नेपाललाई जबरजस्ती धर्मनिरपेक्षता लादेको आरोप उनले लगाए । राजनितिक दलले जनताको मत विना नै ल्याएको धर्मनिरपेक्षता हिन्दू समाजलाई कुनैपनि हालतमा मान्य नहुने उनले बताए ।
उनले भने, ‘ धर्मनिरपेक्षताको लागि देशमा कुनै आन्दोलन भएको होईन, नेताहरुले जबरजस्ती धर्मनिरपेक्षता लादेका हुन्, हिन्दू संगठित भएमात्र हिन्दू राष्ट्र पुन कायम गराउँन सकिन्छ, त्यसैले सम्पूर्ण हिन्दू समाज श्री रामको आवाजको साथमा अगाडी बढ्नु पर्छ ।

वीरगन्ज १० का पूर्व वडा अध्यक्ष राम नगिना साह कानुको अध्यक्षतामा आयोजित शालीक अनावरण कार्यक्रममा शिवपार्वती धर्मशालाका अध्यक्ष प्रमानन्द साह, स्वर्गिय काशी तिवारीकी पत्नी बबिता तिवारी लगायतको सहभागिता रहेको थियो ।

स्वर्गिय तिवारीको २०६७ असार १२ गते शिवपार्बती मठमै नेकपा माओवादीका कार्यकर्ताले गोली हानी हत्या गरेको थिए ।

Related posts

निजगढमा विमानस्थल बन्छ : नवनियुक्त पर्यटन मन्त्री किराँती

MadhesKhabar

सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिन पर्साका विद्यार्थी संगठनहरुको माग

MadhesKhabar

नारायणी अस्पतालका नयाँ मेसुको सह्रानीय काम : अबदेखि सुत्केरी महिलाले निःशुल्क रगत पाउने

MadhesKhabar

Leave a Comment