वीरगन्ज,३२साउनःपर्सामा सकृय विभिन्न राजनीतिक दल सम्बद्ध विद्यार्थी संगठनहरुले सार्वजनिक यातायातको भाडामा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिने नेपाल सरकारले गरेको व्यवस्था पूर्ण रुपमा लागू गराउन स्थानीय प्रशासनसंग माग गरेका छन् ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई ज्ञापनपत्र बुझाउदैं विद्यार्थी संगठनहरुले सार्वजनिक यातायातको भाडामा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिने व्यवस्था पूर्ण रुपमा लागू गराउन माग गरेका हुन् ।
नेविसंघ,अनेरास्ववियु, अनेरास्ववियु(क्रान्तिकारी),समाजवादी विद्यार्थी युनियन र समाजवादी विद्यार्थी युनियन नेपालले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी भुसाललाई ज्ञापनपत्र बुझाएका हुन् ।
नेपाल सरकारले नै गरेको सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिने निर्णय वीरगन्ज लगायत पर्सा जिल्लामा लागू नगरिएको, विद्यार्थीले भाडामा छुट माग्दा सार्वजनिक सवारीसाधनका कर्मचारी र व्यवसायीले दादागिरी देखाउँदै दुव्र्यवहार गर्ने गरेको जस्ता समस्याबाट विद्यार्थीहरु पिडित हुदै आएको भन्दै विद्यार्थी संगठनहरुले प्रमुख जिल्ला अधिकारी भुसालको ध्यानाकर्षणपनि गराए ।
तसर्थ विद्यार्थीलाई भाडामा ४५ प्रतिशत छुट दिने व्यवस्था पूर्ण रुपमा लागू गराउन तथा विद्यार्थीलाई सहुलियत नदिई बढढी भााडा लिने यातायात कर्मचारी र व्यवसायीलाई कानूनी कारबाहीको दायरामा ल्याउनपनि उनिहरुले माग गरेका छन् । अन्यथा आँफुहरु संयुक्त रुपमा आन्दोलनमा उत्रिने चेतावनीसमेत उनिहरुले दिएका छन् ।
ज्ञाापनपत्रमा नेविसंघ पर्साका सभापति रमेश यादव, अनेरास्ववियु पर्साका अध्यक्ष अजित साह, अनेरास्ववियु(क्रान्तिकारी) का केन्द्रिय सदस्य मिरोज अहमद,समाजवादी विद्यार्थी युनियन पर्साका अध्यक्ष हरिन्द्र साह र समाजवादी विद्यार्थी युनियन नेपालका उपाध्यक्ष सागीर अलीले हस्ताक्षर गरेका छन् ।


