Madhes Khabar
स्थानिय

ठाकुरराम क्याम्पस र संस्कृत विद्यालयमा रोपियो १ हजार विरुवा

वीरगन्ज,२०भदौंःवीरगन्जमा रहेको उपकार सेवा नेपाल नामक परोपकारी संस्थाको आयोजनामा बिहीबार दुई सार्वजनिक स्थलमा गरी १ हजार विरुवा रोपिएको छ ।

वीरगन्ज–१० स्थित ठाकुरराम बहुमुखी क्याम्पसको प्राङगणमा ७ सय वटा विरुवा रोपिएको छ । क्याम्पसको मूलल भवन र शिक्षा संकाय भवनको परिसरमा गुलमोहर, अशोक, निम लगायतका प्रजातिका गरी ७ सय वटा विरुवा रोपिएको उपकाार सेवा नेपालकी अध्ध्यक्ष पूजा सरावगीले जानकारी दिइन् ।

यस्तै बिहीबार नै वीरगन्ज–१४ पिपरास्थित विश्व संस्कृत विद्यापिठ आधारभूत विद्यालयको प्राङगणमापनि विभिन्न प्रजातिका ३ सय वटा विरुवा रोपिएको सरावगीले बताइन् । सराावगीकै अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा जनमत पार्टीका पर्सा जिल्ला संयोजक ओमप्रकाश सर्राफ,सामाजिक अभियन्ता प्रकाश थारु लगायतकोपनि सहभागीता थियो ।

 

Related posts

पर्साका सिडिओ अर्यालले भने: क्याम्पसबाट भएको सामान्य त्रुटि हो, हामी मतगणना गराउँछौं

MadhesKhabar

सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत साह घुस रकमसहित पक्राउ

MadhesKhabar

वीरगन्जमा १ कराेड ३९ लाखकाे सामानसहित दुईवटा ट्रक प्रहरी नियन्त्रणमा

MadhesKhabar

Leave a Comment