Madhes Khabar
स्थानिय

वीरगन्जमा १ कराेड ३९ लाखकाे सामानसहित दुईवटा ट्रक प्रहरी नियन्त्रणमा

वीरगन्ज,२९माघ:वीरगन्जबाट प्रहरीले भन्सार राजश्व छलेकाे आशंकामा १ करोड ३९ लाख भन्दा बढीको सामानसहित दुई वटा मालवाहक ट्रक नियन्त्रणमा लिएको छ ।
औषधी,लत्ताकपडा तथा अन्य खुद्रा सामान बोकेर वीरगन्जबाट भैरहवा र झापातर्फ जाँदै गरेका दुई वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएकाे हाे।पर्साका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाका अनुसार,वीरगन्जबाट भैरहवातर्फ जाँदै गरेकाे ना.५ ख ८५६५ नम्बरको मालवाहक ट्रक वीरगन्ज २१ परवानीपुरमा  प्रहरीले राेकेर चेकजाँच गरेकाे थियाे।
त्यस क्रममा उक्त ट्रकबाट बिलबिजक शंकास्पद रहेकाे ७० लाख ४३ हजार ७०५ रुपैयाँ बराबरको सामान फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।
यस्तै वीरगन्जबाटै अर्काे मालवाहक ट्रक पनि नियन्त्रणमा लिइएको थापाले बताए ।उनका अनुसार वीरगन्जबाट झापा तर्फ जाँदै गरेकाे प्रदेश १–०१–००१ ख ३९१५ नम्बरको ट्रक वीरगन्ज -१४ गण्डक चाेकमा प्रहरीले राेकेर चेकजाँच गर्दा उक्त ट्रकबाटपनि बिलबिजक शंकास्पद रहेकाे ६९ लाख १५ हजार १६९ रुपैयाँ बराबरको लत्ताकपडा तथा औषधी बरामद गरिएको थापाले बताए ।
नियन्त्रणमा लिइएका दुवै मालवाहक ट्रकलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको  थापाले जानकारी दिए ।

Related posts

क्याम्पस प्रमुख कुशवाहाको हत्यारालाई कारबाहीको माग गर्दै कलैयामा विद्यार्थीहरुको प्रदर्शन

MadhesKhabar

सरकारले मिडियाको अधिकारमा अंकुश लगाउनु दुखद ः प्रदेश सांसदद्वय पटेल र जयसवाल

MadhesKhabar

नेपाली नक्कली नाेटसहित बारामा एक जना पक्राउ

MadhesKhabar

Leave a Comment