Madhes Khabar
स्थानिय

सहकारी पत्रकारिता पुरस्कारबाट बाराका पत्रकार भण्डारी सम्मानित

बारा,५असोजःबाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहस्थित घण्टीमाई सहकारीले प्रदान गर्दै आएको ‘घण्टीमाई सहकारी पत्रकारिता सम्मान २०८१’ पुरस्कारबाट पत्रकार दिवाकर भण्डारी सम्मानित भएका छन् ।घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाको सम्पन्न १२औं वार्षिक साधारणसभा समारोहमा पत्रकार भण्डारी सम्मानित भएका हुन् ।उनिह अन्नपूर्णपोष्टका बारा जिल्ला संवाददाता तथा इशिलालेख डट कमका संचालक हुन्।

कार्यक्रममा अन्तर्राष्ट्रिय सहकारी महासंघ एशिया प्यासिफिक संचालक सदस्य मिनराज कंडेल, संस्थाकी अध्यक्ष कोपिला सिंखडा, जीतपुरसिमरा उपमहानगरपालिकाका उपमेयर भोला प्रसाद अधिकारी र पूर्व उपमेयर सरस्वतीदेवी चौधरीलगायतले पत्रकार भण्डारीलाई पाँच हजार नगद राशीसहितको पुरस्कार पत्रकार भण्डारीलाई प्रदान गरे।

पत्रकारिताको माध्यमबाट सहकारी र सामाजिक क्षेत्रमा रचनात्मक ढंगले योगदान पुर्याएको उल्लेख गर्दै घण्टीमाईले पत्रकार भण्डारीलाई सम्मान गरेको हो ।भण्डारी यसअघि हातेमालो सहकारी पत्रकारिता सम्मान, साना किसान सहकारी पत्रकारिता सम्मान, सिमरा महिला सहकारी पत्रकारिता सम्मानबाट सम्मानित भईसकेका छन् ।

साधारणसभाको उद्घाटन सत्रमा पूर्व प्रदेशसभा सदस्य सुन्दर विक, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, नगर उपप्रमुख भोलाप्रसाद अधिकारीसहित विभिन्न सहकारी संस्थाका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो । संस्थाकी अध्यक्ष सिंखडाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव त्रिलोक बिक्रम शाहले गरेका थिए ।

 

Related posts

वनमन्त्री यादवद्वारा गृहनगर वीरगन्जमा मन्दिर र विवाह भवनको उद्घाटन

MadhesKhabar

पिपराको रोडलाई महात्मा गान्धी रोड नामाकरण गर्ने कुरा स्वागतयोग्य छः सांसद चौरसिया

MadhesKhabar

पर्यावरण जाेगाउन सिर्सिया नदी किनारमा वृक्षारोपण सुरु

MadhesKhabar

Leave a Comment