Madhes Khabar
स्थानिय हेडलाइन

पर्यावरण जाेगाउन सिर्सिया नदी किनारमा वृक्षारोपण सुरु

वीरगन्ज, १९ असार :;वीरगन्ज महानगरपालिकाले सिर्सिया नदी किनारमा वृक्षारोपण गर्न सुरु गरेको छ । नदी संरक्षणका साथै सफाईका लागि नदीको किनारमा महानगरले वृक्षारोपण गर्न सुरु गरेको हो ।

नदीको दुबै किनारामा वृक्षारोपण गर्दा हराभराका साथै सुन्दर देखिने र यसले कटानबाट पनि बचाउने हुँदा नेपाल भारत सीमाको मितेरी पुलदेखि उत्तरतर्फ महानगर क्षेत्रमा पर्ने सिर्सिया किनारमा वृक्षारोपण सुरु गरिएको महानगरका मेयर राजेशमान सिंहले बताज्ए । नदी किनारमा उन्नत जातका बाँस (चाप र हरौट) रोप्ने कार्य मंगलबारदेखि सुरु गरिएको उनले जानकारी दिए ।

राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति (कार्यक्रम कार्यान्वयन इकाई, भरतपुर चितवन) र ग्रिन सिटी सामुदायिक सेवा केन्द्रसँगको सहकार्यमा महानगरले नदी किनारमा वृक्षारोपण सुरु गरेको हो ।

वर्षाको समयमा आउने बाढीले सिर्सिया नदी कटान गर्नुका साथै यस क्षेत्रमा डुबानको समस्या निम्त्याउने गरेको छ । बाँस हुर्किएपछि नदी संरक्षण हुनुका साथै कटान पनि नियन्त्रणमा आउने महानगरका सरसफाई प्रमुख सर्फुद्दिन मियाँले बताए ।

महानगरले नदी सफाईका लागि औद्योगिक क्षेत्रबाट निस्कने लेदो पानी फाल्न कडाइ गर्नुका साथै नदी फोहोर गर्नेलाई कारबाही गर्दै आएको छ ।नदीको दुवैतर्फ किनारमा वृक्षारोपण गर्दा नदी कटान रोकिने मात्रै नभई पर्यावरण संरक्षणमा समेत टेवा पुग्ने महानगरले विश्वास लिएको छ ।

वीरगन्जलाई हरियाली बनाउने अभियान अन्तर्गत महानगरले नदी किनारका साथै सार्वजनिक खाली जग्गामा वृक्षारोपण गर्ने कामलाई तिब्रता दिएको हो ।

Related posts

बेल्वामा व्यक्तिले कब्जा गरेको २ बिघा सार्वजनिक जग्गा वीरगन्ज महानगरले ल्यायो आफ्नो अधिनमा

MadhesKhabar

लक्ष्मीपूजाका दिन चौरसिया र पटेल घरदैलोमा पुगेर मतदाताबाट आशीर्वाद थाप्दै

MadhesKhabar

बाराकाे मुसहर बस्तीमा पुगे पूर्वराजा ज्ञानेन्द्र शाह

MadhesKhabar

Leave a Comment