Madhes Khabar
समाज हेडलाइन

केडिया आँखा अस्पतालको बार्षिकोत्सवमा अपांगता भएका १४ जनालाई ह्वील चेयर प्रदान

वीरगन्ज,२६फागुनः परवानीपुरमा रहेको केडिया आँखा अस्पतालले आफनो ५०औ बार्षिकोत्सवको उपलक्ष्यमा बारामा अपांगता भएका १४ जना व्याक्तिलाई ह्वील चेयर प्रदान गरेको छ ।

केडिया आँखा अस्पतालले बारा जिल्लाका विभिन्न पालिकाका १४ जना अपांगता भएका व्याक्तिहरुलाई उनिहरुको घरमै पुगेर एक एक थान ह्वील चेयर वितरण गरेको हो ।

कलैया उपमहानगरपालिकाका ३ जनालाई , महागढीमाई नगरपालिकाका २ जनालाई , सिम्रौनगढ नगरपालिकाका १ जनालाई र आदर्शकोतवाल गाँउपालिकाका ८ जनालाई ह्वील चेयर प्रदान गरिएको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए।यस्तै आदर्शकोतवाल गाँउपालिकाका १ जनालाई लस्ट्रेचर प्रदान गरिएको उनले बताए ।

केडिया आँखा अस्पतालका प्रतिनिधि भरत ठकुर,सुशील पटेल,समाजिक अभियन्ता प्रकाश थारू,अपांग महासंघका सुनिल कुमार यादव,प्रहरी नायब निरीक्षक तुलसी पोख्रेल,वडाध्यक्ष जवाहीर प्रसाद , मिथिला सारथी समाजका कोषाध्यक्ष जितेन्द्र पटेल सहितको टोलीले अपांगता भएका व्याक्तिहरुको घरघरमै पुगेर ह्वील चेयर र स्ट्रेचर प्रदान गरेको हो ।

Related posts

वीरगन्जमा अनियमति विधुत कटौती हुन थालेपछि विधुत प्राधिकरण विरुद्ध प्रदर्शन

MadhesKhabar

बारामा नेविसंघको समानान्तर समिति गठन

MadhesKhabar

आसिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दा हङकङमाथि नेपालकाे सहज जीत

MadhesKhabar

Leave a Comment