Madhes Khabar
स्थानिय

वनमन्त्री यादवद्वारा गृहनगर वीरगन्जमा मन्दिर र विवाह भवनको उद्घाटन

मधेसखबर
वीरगन्ज ,१८ भदौं : वन तथा वातावरणमन्त्री प्रदीप यादवले वीरगन्जमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत निर्मित मन्दिर र विवाह भवनको उद्घाटन गरेका छन् ।

शनिबार गृहनगर वीरगन्ज आइपुगेका वनमन्त्री यादवले वीरगन्ज -१५ भिस्वामा निर्मित शितलामाई मन्दिरको उद्घाटन गरेका हुन्।

यस्तै मन्त्री यादवले वडा नम्बर १५ भिस्वा र भेडियाहीमा निर्मित विवाह भवनको पनि उद्घाटन गरेका छन् ।

त्यसक्रममा मन्त्री यादवले निर्माण पश्चात मन्दिरको सुन्दरता बढ्नुका साथै त्यहाँ पुग्ने श्रद्धालुहरुलाई पूजाअर्चनामा सहजता हुने बताए । त्यसैगरी विवाह भवनले स्थानीयहरुलाई विवाह लगायतका धार्मिक, सांस्कृति र पारम्परिक कार्यक्रमहरु गर्न सहयोग पुग्ने उनले बताए ।

मन्त्री यादवकै संसदीय कोषको १५ लाख रुपैयाँको लागतमा मन्दिर र ३०/३० लाख रुपैयाँको लागतमा विवाह भवन निर्माण भएको उनका स्वकीय उपसचिव घनश्याम बाबु गुप्ताले जानकारी दिए।

उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन साह सोनार (अजय), वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, जिल्ला समन्वय समितिका पूर्वसभापति एंव जनता समाजवादी पार्टीका नेता नेक महोम्मद मियाँ, वडा नम्बर १५ का वडा अध्यक्ष रमेश यादव लगायतको पनि सहभागिता रहेको थियो ।

Related posts

वीरगन्जको शक्तिमान बेकरी एन्ड फुड प्रोड्क्ट उद्योगलाई २० हजार जरिवाना

MadhesKhabar

कलैयामा बारा जिल्ला अदालत बार एशोसिएसनको भवनको पूर्वमन्त्री सोनलले गरे शिलान्यास

MadhesKhabar

बाराका सीडीओ मिश्रकाे डेढ महिनामै भयाे सरुवा

MadhesKhabar

Leave a Comment