Madhes Khabar
स्थानिय

पर्साका सिडिओ अर्यालले भने: क्याम्पसबाट भएको सामान्य त्रुटि हो, हामी मतगणना गराउँछौं

वीरगन्ज,७चैत:वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनको मतगणनामा देखिएको विवाद सामान्य रहेको पर्साका प्रमुख जिल्ला अधिकारी(सिडिओे)गणेश अर्यालले बताएका छन् ।

उनका अनुसार मतपेटिका सिल गर्ने क्रममा देखिएको यो सामान्य त्रुटि हो ।`यो गम्भीर त्रुटि होइन । यसलाइ सबै बसेर समाधान गर्न सकिन्छ ,’ उनले भने ।

क्याम्पसको जनशक्तिबाट भएको सामान्य त्रुटिका कारणले यो अवस्था आएको उनले बताए । जुनकारणले असमझदारी बढेको उनको भनाइ छ ।

तर यो भनेजस्तो गम्भीर त्रुटि भने नभएको उनको ठहर छ । उनका अनुसार यसमा निर्वाचन समितिको पनि लापरबाही देखिको छ।तर पनि यो त्यति ठूलो समस्या नभएको उनको प्रष्टोक्ति छ ।

उनी भन्छन्- `मतपत्र सुरक्षित छन, मतपेटिका सुरक्षित छन । हामी यो मतगणनालाइ निरन्तरता गर्छौ । तर क्याम्पस व्यवस्थापन र निर्वाचन समितिका पदाधिकारीहरुको दृष्टिकोण क्लियर हुनुपर्‍यो।´

उनले थपे,`हामी सबैलाइ सुरक्षा दिएर जसरी अनि मतगणना गराउँने तयारी अवस्थामा रहेका छाैं ।´

प्रजिअ अर्यालले अन्य निर्वाचनमा पनि मतगणनाका क्रममा यस्ता समस्या आउने गरेकाे बताउँदै त्यसलाई संवाद र सहमतिमा सुल्झाएकाे अनुभव आँफुसंग रहेकाले ठाकुररामकाे याे समस्या पनि सुल्झाइने बताए ।तर यसका लागि क्याम्पस प्रशासन र निर्वाचन समितिका साथै राजनीतिक दल र विदटसंगठनहरुकाे साथ र सहयाेग आवश्यक रहेकाे बताए ।

Related posts

मालवाहक ट्रकमा गाँजाको तस्करी गर्ने दुई जना बारामा पक्राउ

MadhesKhabar

नेपाल पत्रकार महासंघ पर्सामा पत्रकारहरुले नै गरे तालाबन्दी

MadhesKhabar

समाजवादी प्रेस संगठन पर्साको नयाँ नेतृत्व चयन,अध्यक्षमा शम्भु सुमन

MadhesKhabar

Leave a Comment