वीरगन्ज,७चैत:वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनको मतगणनामा देखिएको विवाद सामान्य रहेको पर्साका प्रमुख जिल्ला अधिकारी(सिडिओे)गणेश अर्यालले बताएका छन् ।
उनका अनुसार मतपेटिका सिल गर्ने क्रममा देखिएको यो सामान्य त्रुटि हो ।`यो गम्भीर त्रुटि होइन । यसलाइ सबै बसेर समाधान गर्न सकिन्छ ,’ उनले भने ।
क्याम्पसको जनशक्तिबाट भएको सामान्य त्रुटिका कारणले यो अवस्था आएको उनले बताए । जुनकारणले असमझदारी बढेको उनको भनाइ छ ।
तर यो भनेजस्तो गम्भीर त्रुटि भने नभएको उनको ठहर छ । उनका अनुसार यसमा निर्वाचन समितिको पनि लापरबाही देखिको छ।तर पनि यो त्यति ठूलो समस्या नभएको उनको प्रष्टोक्ति छ ।
उनी भन्छन्- `मतपत्र सुरक्षित छन, मतपेटिका सुरक्षित छन । हामी यो मतगणनालाइ निरन्तरता गर्छौ । तर क्याम्पस व्यवस्थापन र निर्वाचन समितिका पदाधिकारीहरुको दृष्टिकोण क्लियर हुनुपर्यो।´
उनले थपे,`हामी सबैलाइ सुरक्षा दिएर जसरी अनि मतगणना गराउँने तयारी अवस्थामा रहेका छाैं ।´
प्रजिअ अर्यालले अन्य निर्वाचनमा पनि मतगणनाका क्रममा यस्ता समस्या आउने गरेकाे बताउँदै त्यसलाई संवाद र सहमतिमा सुल्झाएकाे अनुभव आँफुसंग रहेकाले ठाकुररामकाे याे समस्या पनि सुल्झाइने बताए ।तर यसका लागि क्याम्पस प्रशासन र निर्वाचन समितिका साथै राजनीतिक दल र विदटसंगठनहरुकाे साथ र सहयाेग आवश्यक रहेकाे बताए ।