वीरगन्ज,२८चैतःवीरगन्ज प्रमुख शक्तिपीठ गहवामाईको निशानसहितको डोली यात्रा पहिलो पटक निकालिदैछ । आगामी बैशाख ४ गते मंगलबारका दिन निकालिने गहवामाईको निशानसहितको डोली यात्राको तयारीपनि करिब करिब पूरुा भइसकेको माईस्थान सञ्चालक समितिका अध्यक्ष नरेन्द्र कुमार साहले जानकारी दिए ।
उनका अनुसार बैशाख ४ गते मंगलबारका दिन अपरान्ह ४ बजे गहवामाई मन्दिर परिसरबाट डोली यात्रा निकालिनेछ । त्यसअघि मन्दिर परिसरमै गहवामाईको निशानसहितको डोलीको पूजापाठ गरिने अध्यक्ष साहले बताए ।
मन्दिर परिसरबाट निस्किने डोली यात्रा माईस्थानको २ नम्बर रोडहुँदै रेशमकोठी,गणेशमान चोक, वीर्तामाई मन्दिर, अलखिया मठबाट मेनरोड भएर महावीर मन्दिर, घन्टाघर चोक हुँदै साँझ ६ बजे गहवामाई मन्दिर प्राङ्गणमै पुगेर समापन हुने अध्यक्ष साहले बताए । डा. प्रमोद कुमार सर्राफले बताए ।
यस्तै उक्त दिन गहवामाईको निशान लिन इच्छुक भक्तजनले ५०५ रुपैयाँ तिरेर निशान लिन सक्ने बताउँदै अध्यक्ष साहले उक्त निशानमा झण्डा, लगाउने पट्टा र प्रसादसमेत रहेको बताए । डोली यात्राका लागि समितिले चन्दा नठाएको भन्दै साहले ईच्छुक भक्तजनले आर्थिक सहयोग गर्न चाहे माईस्थान सञ्चालक समितिको कार्यालयमा आई सहयोग गर्न सक्ने बताए ।
पहिलो पटक निकासलन लागिएको डोली यात्रामा करिब ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष साहले जानकारी दिए । उनका अनुसार, डोलीको निर्माणमा लागेको खर्च समितिका सह–कोषाध्यक्ष डाक्टर प्रमोद सर्राफले सहयोग गरेका छन् ।

