Madhes Khabar
धर्म/संस्कृति

छठमा २ दिन राष्ट्रिय बिदा घोषणा गर्न राजेन्द्र महत्ताेकाे पार्टीको माग

काठमाडौं,८कात्तिक :राजेन्द्र महत्ताे नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालले राष्ट्रव्यापी रूपमा मनाइने गरेको छठ पर्वको मुख्य दुई दिन राष्ट्रिय बिदा घोषणा गर्न सरकारसँग माग गरेको छ।

पार्टीका प्रवक्ता रवीन्द्रकुमार श्रेष्ठले शनिबार जारी गरेको विज्ञप्तिमा छठ ‘केवल धार्मिक अनुष्ठान नभई प्रकृति, संस्कृति र मानव जीवन बिचको गहिरो संवाद’ भएको उल्लेख गर्दै राज्यले यस पर्वप्रति देखाएको उपेक्षाप्रति आपत्ति जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘चार दिनसम्म मनाइने छठ पर्वका लागि राज्यले एक दिन मात्र राष्ट्रिय बिदा दिँदै आएको छ । त्यो पनि मधेस आन्दोलनपछि दबाबका कारण प्राप्त अधिकार हो, आत्मस्वीकृत सम्मान होइन । स्वदेशवादी दृष्टिले यो अन्यायपूर्ण व्यवहार हो ।’

प्रवक्ता श्रेष्ठले नेपाल बहुसांस्कृतिक र बहुलराष्ट्र राज्य भएकाले सबै समुदायका आस्था र संस्कृतिलाई समान सम्मान र अवसर दिनु नै राष्ट्रिय एकताको वास्तविक पहिचान भएको उल्लेख गरेका छन् । उनले छठ पर्वका मुख्य दुई दिन सन्ध्या अर्घ्य र बिहानको अर्घ्यलाई राष्ट्रिय बिदाको रूपमा मान्यता दिन सरकारसँग माग गरेका छन् ।

उनका अनुसार छठ पर्व मधेसको सभ्यता, संस्कृति र जीवनदर्शनसँग गहिरो रूपमा जोडिएको पर्व छ, जहाँ श्रम र श्रद्धा, प्रकृति र संस्कृति, साधना र सामूहिकता एकाकार हुन्छन् । नदी र सूर्यको आराधना केवल धार्मिक विधि नभई प्रकृतिप्रति आभार र सहअस्तित्वको उद्घोष पनि हो ।

छठ पर्वले सबैलाई प्रकृतिसँग आत्मीय सम्बन्ध पुनःस्थापित गर्न, श्रम र श्रद्धाको मूल्य बुझ्न र देशभित्रको विभेद, असमानता र अवहेलना अन्त्य गर्न प्रेरित गर्ने गरेको भन्दै उनले यो पर्वले समाजिक एकता कायम गरेको बताए ।

Related posts

वीरगन्जमापनि सिख समुदायले मनाए “गुरु गोविन्द सिंह”को जन्म जयन्ती

MadhesKhabar

अयोध्याको राम मन्दिरमा भयो रामललाकाे प्राण प्रतिष्ठा

MadhesKhabar

बडा दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिदैं

MadhesKhabar

Leave a Comment