Madhes Khabar
धर्म/संस्कृति

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने सरकारकाे घोषणा

काठमाडौं,५जेष्ठ :सरकारले कपिलवस्तुको तिलौराकोट र जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो । राष्ट्रिय संस्कृति नीति तर्जुमा गर्ने घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले याे घोषणा गरेका हुन् ।

उनले ऐतिहासिक तथा पुरातात्विक स्थानको अन्वेषण र उत्खननलाई निरन्तरता दिने समेत बताए ।

राष्ट्रिय महत्वका सबै प्रकारका अभिलेखको संरक्षण गर्ने समेत उनले बताए । उनले गोरखामा जीवन्त संग्रहालय बनाउने बताए ।साभार:अनलाइनखबर

Related posts

चैती छठकाे मुख्य दिन आज `सँझिया घाटे´ सूर्य भगवानलाई अर्घ दिइदैं

MadhesKhabar

पर्साकाे पंचगाँवामा जितिया पर्वको उपलक्ष्यमा महाविरी झन्डा मेला र कुस्ती दंगल

MadhesKhabar

कांग्रेसले मुस्लिमको हकअधिकार कुण्ठित पार्ने काम कदापी गर्दैन : कानुनमन्त्री चौरसिया

MadhesKhabar

Leave a Comment