Madhes Khabar
धर्म/संस्कृति

वीरगन्जमा समाजसेवी जबराले रमजानमा मुस्लिम धर्मावलम्बीहरुलाई गराए सामुहिक इफ्तारी

वीरगन्ज,१६चैत:वीरगन्ज महानगरपालिका वडा नम्बर१३ राधेमाई निवासी तेज शमशेर जबराले शनिबार वीरगन्जको आदर्शनगरस्थित पुरानो बस पार्कमा मुस्लिम समुदायका लागि विशेष इफतारी कार्यक्रमको आयोजना गरेका छन्। आपसी सद्भाव र धार्मिक सहिष्णुता कायम राख्दै मुस्लिम समुदायको मुख्य पर्व रमजानको अवसरमा आयोजित इफतारी कार्यक्रममा समुदायका अगुवा, स्थानीय बासिन्दा, पत्रकार, सामाजिक अभियन्ता तथा विभिन्न पेशामा संलग्न व्यक्तिहरूको उल्लेखनीय सहभागीता रहेको थियो।

धार्मिक तथा सामाजिक सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको इफ्तारी कार्यक्रमले समाजमा आपसी प्रेम, सहिष्णुता र एकताको सन्देश प्रवाह गरेको छ। जबराले यसअघि पनि विभिन्न अवसरहरूमा परोपकारी कार्य गर्दै समाजका असहाय वर्गलाई सहयोग पुर्‍याउँदै आएका छन्। सामाजिक उत्थानका क्षेत्रमा सक्रिय रहँदै आएका जबराले विशेष गरी धार्मिक तथा सांस्कृतिक अवसरहरूलाई सेवा भावका साथ मनाउने परम्परा कायम राखेका छन्।

कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निराेज चाैलागाइ, स्थानीय समाजसेवी, पत्रकार तथा मुस्लिम समुदायका अगुवाहरूको विशेष उपस्थिति रहेको थियो।

Related posts

आजदेखि नववर्ष २०८२ प्रारम्भ,देशभर हर्षाेल्लासका साथ मनाइँदै

MadhesKhabar

वीरगन्ज महानगरले आयोजना गरेको इफ्तारीमा ५ हजार भन्दा बढि मुस्लिम धर्मावलम्बी सहभागी

MadhesKhabar

इद–ऊल–फित्रको अवसरमा मंगलबार सार्वजनिक बिदा

MadhesKhabar

Leave a Comment