Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

वीरगन्जमा पहिलाे पटक आयाेजित घाेडा दाैड प्रतियाेगिताकाे  उपाधि बिहारकाे घाेडाले जित्याे

वीरगन्ज,०६जेष्ठ:वीरगन्जमा पहिलाे पटक घाेडा दाैड प्रतियोगिता सम्पन्न भएकाे छ ।वीरगन्ज-१६ नगवामा आइतबार विपी काेइराला युवा नेतृत्व विकास मञ्च पर्साले आयाेजना गरेकाे घाेडा दाैड प्रतियोगितामा भारत बिहारकाे माेतिहारीका नन्दकिशोर सहनीकाे घाेडा प्रथम भएकाे छ।

यस्तै भारत बिहारकै रामगढवा भेडिहारीका जाेगिन्द्र यादवकाे घाेडा दाेस्राे र नेपालकाे बाराकाे कलैया सिसवा महेशपुरका कृष्ण मुरारी यादवकाे घाेडा तेस्राे भएकाे छ।

पाँच किलाेमिटर दुरीकाे घाेडा प्रतियोगितामा प्रथम भएकाे घाेडसवार(घाेडा धनी)लाई ४० लिटरकाे कुलर, दाेस्राे हुन सफल घाेडसवारलाई ३० लिटरकाे कुलर र तेस्राे स्थान प्राप्त घाेडसवारलाई स्टयान्ड फ्यान पुरस्कार प्रदान गरिएको मञ्चका पर्सा अध्यक्ष हरिन्द्र यादवले बताए ।

नगवामा आयाेजित नाैं दिने शिवशक्ती रुद्र महायज्ञकाे अवसरमा आयाेजित घाेडा दाैड प्रतियाेगितामा नेपाल र भारतका गरी २५ वटा घाेडाले भाग लिएका थिए।

घाेडा दाैड प्रतियाेगिताकाे उद्घाटन मधेस प्रदेशसभा सदस्य एंव नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले गरेका थिए।मञ्चका अध्यक्ष यादवकाे अध्यक्षतामा भएकाे घाेडा दाैड प्रतियोगिताकाे उद्घाटन र समापन समाराेहमा जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ,नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी,वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, कांग्रेस नेताहरु दिना गुप्ता,सन्ताेष सिंह, मनाेहर साह लगायतकोपनि उपस्थिति थियाे ।

Related posts

यमपञ्चककाे चौथो दिन आज गोवर्द्धन पूजा

MadhesKhabar

प्रधानमन्त्रीलाई सांसद यादवको प्रश्न : के सरकारले मधेसलाई मरुभूमी बनाउन खोजेको हो ?

MadhesKhabar

बहुदरमाई नगरपालिकाले भुक्तानी नदिएपछि ठेकेदारले सोलारबत्ती खोलेर लगे

MadhesKhabar

Leave a Comment