Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

पर्सामा हिन्दु सम्राट सेना गठन,अध्यक्षमा विकास साह

वीरगन्ज,१३मंसिर:पर्सा जिल्लामा पनि हिन्दु सम्राट सेना नेपालकाे जिल्ला कार्यसमिति गठन गरिएको छ।

शनिबार वीरगन्जको माईस्थानस्थित गहवामाई मन्दिरकाे प्रांगणमा आयाेजित हिन्दु युवाहरुकाे भेलाले हिन्दु सम्राट नेपालकाे जिल्ला कार्यसमिति गठन गरेकाे हाे।

 

जसकाे अध्यक्षमा विकास साह, वरिष्ठ उपाध्यक्षमा सन्तोष सर्राफ, उपाध्यक्षमा राकेश श्रेष्ठ, महासचिवमा प्रज्वल डंगोल, सचिवमा उदय नारायण गिरी र कोषाध्यक्षमा दिप नारायण यादव रहेका छन्।

यस्तै सदस्यहरूमा दीपक महतो, प्रिंस साह, आशीष मण्डल, ओम बर्णवाल, रञ्जित यादव, चेन्ना भैया लगायतका रहेका छन्।यसैगरि उक्त संगठनकाे सल्लाहकारमा राजु साह, राजेश्वर साह र नरेश सर्राफ रहेका छन्।

 

हिन्दु सम्राट सेना नेपालका केन्द्रीय उपाध्यक्ष कृष्ण प्रसाद सनातनीको अध्यक्षतामा सम्पन्न उक्त भेलामा हिन्दू सम्राट सेना नेपालका रुद्र नारायण सिंह,प्रदेश संयोजक (न्यायिक विभाग) चन्दन सनातनी, केन्द्रीय महासचिव राकेश सनातनी,लक्ष्मीनिया नगर संयोजक वर्देश सनातनी, महोत्तरी जिल्ला अध्यक्ष विजय सनातनी, केन्द्रीय सदस्य रजनीश सनातनी, मलंगवा नगर संयोजक रामानन्द सनातनी, सर्लाही जिल्ला सदस्य रुपेश सनातनी,राष्ट्रिय बजरंग दलका विवेक सिन्हा, समाजसेवी रमिता माया गुप्ता, धार्मिक अभियन्ता अवधेश मिश्र, अमर सर्राफ, ज्योतिष सम्राट पुरुषोत्तम दूबे, रत्नेश तिवारी लगायतकाकाे सहभागिता थियाे।

Related posts

वीरगन्ज भन्सारको राजश्व संकलनमा सुधार : ९ महिनामै १ खर्ब ७७ अर्ब रुपैयाँ राजस्व उठ्यो

MadhesKhabar

एमाले नेता बस्नेत भन्छन् : नागको रुप धारण गरेर उपेन्द्र बारामा चुनाव लड्न आएका छन्

MadhesKhabar

पर्सामा सिके राउतकाे क्रेज : प्रह्लाद गिरि, करिमा, शशीकपुर पनि जनमत पार्टीमा प्रवेश

MadhesKhabar

Leave a Comment