Madhes Khabar
राष्ट्रिय

लोकल रक्सीलाई ब्रान्डिङ गर्ने सरकारको घोषणा

रासस

काठमाडौं,१जेष्ठ : सरकारले घरेलु मदिरा(लोकल रक्सी)लाई ब्रान्डिङ गर्ने घोषणा गरेको छ। सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा घरेलु मदिरालाई ब्रान्डिङ गर्ने र परम्परागत खाद्यवस्तुलाई प्रवर्द्धन गर्ने बताएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै घरेलु मदिरालाई ब्रान्डिङ गर्ने र स्थानीय खाद्यवस्तुलाई प्रवर्द्धन गर्ने बताएका हुन्।

यस्तै सरकारले आर्थिक वर्ष २०८१÷०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरेको छ ।राष्ट्रपति पौडेलले आर्थिक वर्ष २०८१÷०८२ को दशकलाई कृषिमा लगानी दशक घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारीको लगानी वृद्धि गरिने बताए ।प्रमुख खाद्यन्न तथा तरकारीमा आत्मनिर्भर हुने गरी कृषि क्षेत्रका कार्यक्रमहरुको पुनर्संरचना गरिने समेत घोषणा गरे ।

राष्ट्रपति पौडेलले कृषियोग्य भूमिको संरक्षण, नदी किनारसहितका बााझो तथा नदी उकास जग्गाको सदुपयोग एवं चक्लाबन्दी गरिने बताए ।

Related posts

नागरिकताबारे मैले निरन्तर उठाउँदै आएको माग पुरा हुँदा निक्कै खुशी छु : प्रदीप यादव

MadhesKhabar

खोरमा राखिएका नरभक्षी बाघ पाल्न पर्सा राष्ट्रिय निकुञ्जलाई समस्या

MadhesKhabar

त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न भारतबाट आयो उद्धार टोली

MadhesKhabar

Leave a Comment